coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विभिन्न संघसंस्थाद्वारा सहयोग

धनगढी – गत जेठ २३ गतेको हावाहुरीले जिल्लामा भत्किएका अधिकतर घरमा जस्तापाता हाली पुनर्निर्माणको काम भइरहेको छ। विभिन्न संघसंस्था, युवा तथा विद्यार्थीले भत्किएका घरको पुनर्निर्माणमा सहयोग गरेका छन् भने कैयौं पीडितले आफैं आफ्ना घरबनाइरहेका छन्। विवेकशील साझा पार्टीका कार्यकर्ता, नेकपा समर्थित विद्यार्थी संगठन, नेविसंघ, रोटरी क्लब, उद्योग वाणिज्य संघलगायतले असहायका भत्किएका घर बनाइदिएका हुन्।

जिल्ला प्रशासनले जस्तापाता र पाल उपलब्ध गराएको छ। यसैगरी रोटरी क्लबले चारवटा घर बनाएको र करिब २०/२५ घर निर्माणका लागि सशस्त्र प्रहरीलाई जस्तापाता उपलब्ध गराएको छ। तर सरकारी तहको सक्रियता कम हुँदा दुई साता बितिसक्दा पनि अझै कतिपय विपन्न परिवारका भने भत्किएका घर बन्न सकेका छैनन्।
पीडितले पाएनन् राहत

हावाहुरीले क्षति पु¥याएको १७ दिन भइसक्दा पनि पीडित परिवारले राहत पाएका छैनन्। जिल्ला प्रशासन र स्थानीय तहले जस्तापाता वितरण गरिरहे पनि सबै पीडितले पाउन नसकेको पीडितको गुनासो छ। धानगढी उपमहानगरपालिका–१२ की पशुपति थापाले भनिन्, ‘हामी गरिबसँग किन्ने पैसा छैन, अहिलेसम्म कतैबाट पनि राहत पाइएको छैन।’ तथ्यांक संकलन नभएका कारण सरकारले दिने भनिएको राहतसमेत पाउन नसकेको उनले बताइन्। राहत नपाउँदा विपन्न परिवारको बिचल्ली भएको छ।

तथ्यांक संकलनमा ढिलाइ
अहिलेसम्म तथ्यांक संकलन हुन सकेको छैन। जिल्ला विपद् व्यवस्थापन समितिले प्रत्येक वडा अध्यक्षको संयोजकत्वमा समिति बनाएर तथ्यांक संकलन गर्न लगाएको थियो। तापनि पीडितको तथ्यांक स्थानीय तह र जिल्ला विपद् व्यवस्थान समितिसँग छैन। कैलालीका प्रमृुख जिल्ला अधिकारी बोहराले तथ्यांक संकलन गर्ने काम जारी रहेको बताएका छन्।

धनगढी उपमहानगरप्रमुख नृपबहादुर वडले धनगढी उपमहानगरपालिकामा मात्र करिब साढे सात हजार घर हुरीले भत्काएको बताएका छन्। सबै तथ्यांक संकलन भएपछि क्षतिपूर्ति दिइने उनको भनाइ छ। ‘पूर्ण घर भत्किएकालाई ६ हजार र आंशिक भत्किएकालाई तीन हजार दिने निर्णय गरिएको छ,’ उनले भने।

वडा कार्यालयमार्फत क्षतिको विस्तृत विवरण संकलन भइरहेको बताए। यहाँका अन्य स्थानीय तहले पनि क्षतिको तथ्यांक संकलन गरेका छैनन्। कैलारी गाउँपालिकाले हावाहुरीले दुई हजार चार सय घरमा क्षति पुगेको र ९ सय घरमा पूर्ण रूपमा क्षति भएको तथ्यांक संकलन गरेको छ। अध्यक्ष लाजुराम चौधरीले वडा कार्यालयमार्फत पीडितको विवरण संकलन गरिए पनि राहत दिन नसकेको बताए।

प्रकाशित: १० असार २०७६ ०३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App