छोराको आसमा आठ छोरी

मङ्गलबार, १० असार २०७६, ०९ : २६ अनिल भण्डारी

सिन्धुली - हरिहरपुरगढी गाउँपालिका–३ घन्टेकी फूलमाया राईको विवाह १६ वर्षको उमेरमा सोही वडाकै चन्द्रबहादुर राईसँग भएको थियो। विवाहको करिब तीन वर्षपछि उनले पहिलो सन्तानका रूपमा छोरी जन्माइन्। छोरी जन्मले परिवारमा खासै उत्साह जगाएन। चन्द्रबहादुर परिवारका एक्ला छोरा थिए। उनलाई लाग्थ्यो, वंश कायम राख्न छोरै चाहिन्छ। पहिलो सन्तान भएको डेढ वर्ष पूरा नहँुदै दोस्रो सन्तानका रूपमा फेरि छोरी नै जन्मिएपछि परिवारमा निराशा बढ्यो। एकातिर सासू, ससुरा र पति छोराको अभावमा वंश सकिने भन्दै चिन्तित हुन थाले, अर्कातिर फूलमाया स्वयले पनि छोरा नजन्मँदा अभागी महसुस गर्न थालिन्। दुई वर्ष नपुग्दै अर्को बच्चा जन्माउने क्रम निरन्तर चलिरह्यो। कारण थियो, छोराको जन्म नहुनु। छोराकै आसमा फूलमायाले आठ छोरी जन्माइन्।

चारजना ससाना छोरी वरिपरि राखेर फुसको छानो भएको सानो घरको आँगनमा भेटिएकी फूलमायाले हास्दै छोराकै आसमा आठ छोरी जन्माएको बताइन्। ‘हाम्रो त भाग्यमै खोट रहेछ, एउटा छोरा पनि भएन,’ उनले भनिन्, ‘भगवान्ले पनि हामी गरिबमाथि दया गरेनन्।’ दैनिक गुजारा चलाउनसमेत हम्मेहम्मे पर्ने परिवारमा अशिक्षाका कारण धेरै सन्तान जन्मिएपछि ठूलै आर्थिक बोझ थपिएको छ। ‘तीन छोरीको बिहे भइसक्योे,’ उनले भनिन्, ‘१५ देखि १८ वर्षको उमेरमै तीन छोरीले आफंैले मन पराएर बिहे गरेका हुन्।’ २०३४ सालमा जन्मिएकी फूलमाया हजुरआमासमेत भइसकेकी छन्। ‘हाम्रो पो छोरा भएन त, छोरीपट्टि त छोरै जन्मिएका छन्,’ उनले हँसिलो हँुदै भनिन्।

फूलमाया र चन्द्रबहादुरले छोरा नभएसम्म सन्तान जन्माउन नछाड्ने निधो गरेका थिए। तर कान्छी छोरीको जन्म सहजै भएन। निरन्तर पाँच दिनसम्म प्रसव वेदना खेप्दा पनि बच्चाको जन्म नभएपछि २०७४ साउन १ गते फूलमायाको शल्यक्रिया गरियो। सोही समयमा चिकित्सकले उनको स्थायी बन्ध्याकरण गरिदिए। त्यसपछि भने थप बच्चा जन्मिन बन्द भयो। जायजेथा केही नभएका उनीहरू सुकुम्बासी जीवन बिताइरहेका छन्। ‘दैनिक श्रम गर्छौं, कहिलेकाहीं केही रकम बच्छ, कहिलेकाहीं छाक टार्नै धौधौ पर्छ,’ फूलमाया र चन्द्रबहादुरले एकै स्वरमा भने।

ग्रामीण बस्तीमा शिक्षा र चेतनाको अभाव मात्रै छैन, उचित सल्लाह दिने स्वास्थ्यकर्मीसमेत नहुँदा छोराकै आसमा सन्तान जन्माउने फूलमायाजस्तै धेरै महिला भएको स्थानीय बताउँछन्। ‘हामीलाई परिवार नियोजन भन्ने नै थाहा छैन,’ फूलमायाले भनिन्। ‘छोरा जन्मिएदेखि समाजको नजरमा नराम्रो हुन्छ भन्ने लाग्थ्यो।’ चन्द्रबहादुर साथिसँगीले समेत छोरा नभएको भनेर हेपेर बोल्ने गरेकाले छोरा आशा राखेको बताउँछन्। ‘बुबाआमाले पनि छोरा चाहिन्छ भन्दै जोड दिनुभयो,’ उनले भने, ‘जसले गर्दा आठ छोरी जन्मिए।’ उनले सन्तानको पालनपोषण गर्न स्थानीय सरकारले केही सीपयुक्त तालिम दिए काम गरेर खान सकिने बताए।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

Ncell Footer Ad