coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘उपत्यकाका गुठीको जिम्मेवारी प्रदेश वा स्थानीय मातहत उपयुक्त’

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले काठमाडौं उपत्यकाका गुठीको जिम्मेवारी प्रदेश वा स्थानीय सरकारलाई दिनु उपयुक्त हुने बताएका छन् । भक्तपुर नगरपालिकाको सोमबारबाट सुरु भएको पाँचौं नगरसभाको उद्घाटन गर्दै अध्यक्ष विजुक्छेंले गुठी जग्गाको नियन्त्रण गर्न यसो गर्नु उपयुक्त हुने सुझाए ।

नेपालका गुठी जग्गाहरू लथालिंग अवस्थामा रहेको चर्चा गर्दै उनले यसको व्यवस्थापन आवश्यक भएको औंल्याए । उनले टोल–टोलमा भएका सांस्कृतिक सम्पदाहरूको पुनःनिर्माणको जिम्मा पनि स्थानीय तहलाई नै दिए व्यवस्थित रुपमा कार्य सम्पन्न हुने बताए ।

कार्यक्रमका विशेष अतिथि सांसद प्रेम सुवालले सरकारको नवौंं पञ्चवर्षीय योजनामा भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गर्ने योजना भएको तर बजेट वक्तव्यमा काठमाडौं उपत्यकालाई मेघासिटी बनाउने योजनालाई अगाडि सारेको बताए । कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगर प्रमुखबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम दिउँंसो बसेको बैठकले छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

प्रकाशित: १० असार २०७६ ०३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App