coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘राजहाँसले जस्तै दूध र पानी छुट्ट्याउने क्षमता नेपालसँग छ’

कठमाडौं - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले इन्डोप्यासिफिक रणनीतिबारे धेरै चिन्ता लिन आवश्यक नरहेको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफमा मन्त्री ज्ञवालीले इन्डोप्यासिफक अमेरिकी सरकारको नीति भएकाले उसले यसलाई आफ्नो ढंगले विश्लेषण गर्ने र नेपालले आफ्नै ढंगले विश्लेषण गर्नुपर्ने बताए। ‘हामीले राजहासले जस्तै दूध र पानी छुट्ट्याउन सक्छौं। नेपालसँग त्यो क्षमता हुनुपर्छ र त्यो छ पनि। यसमा धेरै तनाव लिन आवश्यक छैन,’ प्रश्नको जवाफ दिँदै उनले भने।

ज्ञवालीले अमेरिकासँग ७२ वर्षदेखि सुमधुर सम्बन्ध रहँदै आएको भन्दै नेपाल कुनै प्रकारको सैन्य गठबन्धनमा संलग्न नहुने बताए। यो विषय संविधानको मर्मसँग मेल नखाने र असंलग्नता, पञ्चशीलको सिद्धान्त र विश्व शान्तिको मान्यता प्रतिकूल हुने भएकाले कुनै प्रकारको सैन्य गठबन्धनमा आवद्ध नभएको र नहुने उनको भनाइ थियो। नेपालस्थित विदेशी कूटनीतिज्ञले भियना सन्धिको पालना गर्नुपर्छ भन्दै उनले आन्तरिक मामिलामा कुनै पनि प्रकारको हस्ताक्षेप स्वीकार्य नभएको बताए।

मन्त्री ज्ञवालीले सार्कका विषयमा नेपालले मात्र चाहेर शिखर सम्मेलन आयोजना गर्ने अवस्था नभएको बताए। ‘हामी आशावादी छौँ। सबै मुलुकले आफ्ना मत भिन्नतालाई कम गर्दै लैजानेछन्।’ सार्कको स्थगित शिखर सम्मेलनलाई सञ्चालन गर्न वातावरण सहज बनाउन पहल गरिने तर सार्क र बिमस्टेकलाई एक अर्काका प्रतिस्पर्धी नभई परिपूरकको विकास गरिने उनको भनाइ थियो। मन्त्री ज्ञवालीले राजदूत मापदण्ड प्रष्ट भएको भन्दै तोकिएर गएका मुलुकमा स्वार्थ नभएका, समावेशी, न्यूनतम कूटनीतिक कार्य गर्नसक्ने व्यक्तिलाई नियुक्त गरिएको र मन्त्रालय सिफारिसप्रति विश्वस्त रहेको बताए।

प्रकाशित: १० असार २०७६ ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App