८ वैशाख २०८१ शनिबार
राजनीति

देवकोटाको साहित्यले राष्ट्रिय एकता प्रवर्द्धनमा योगदानः निधि

काठमाडौँ– उपप्रधानमन्त्री विमलेन्द्र निधिले महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यले राष्ट्रिय एकता प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको बताएका छन्।

महाकवि देवकोटाको १०८ औँ जन्मजयन्तीका अवसरमा नयाँ बस्ती युवा क्लबले आज जोरपाटीमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री निधिले संविधान संशोधनलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताए। “संविधान संशोधन गरी तीन तहको निर्वाचन नगरी देशमा स्थिरता र शान्ति कायम हुन सक्दैन, स्थिरता एवम् शान्ति नभई समृद्धितिरको यात्रा सम्भव छैन”, उनले भने, 'देशमा सद्भाव कायम गर्न हिमाल तथा पहाडका युवालाई तराई र तराईका युवालाई पहाड एवम् हिमालमा सद्भावना दूतका रुपमा भ्रमण गराइने प्रतिबद्धता उनले जनाए।

सांसद रामेश्वर फुयाँलले भाषाका माध्यमबाट राष्ट्रिय एकता प्रवद्र्धनमा सबै नेपालीले आफ्नातर्फबाट इँटा थप्नुपर्छ भने।

सो अवसरमा नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान गर्नुभएका गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ र पत्रकार दीपक समिरलाई सम्मान गरिएको थियो । रासस

प्रकाशित: १४ कार्तिक २०७३ ०९:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App