७ वैशाख २०८१ शुक्रबार
राजनीति

देउवालाई सिटौलाले भनेः ‘मनपरी गरेर, मिलेर खाउँ है भनेर एकता हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्वामिमानी कांग्रेस खाज्ने बेला आएको भन्दै नेतृत्वप्रति तीब्र असन्तुष्टि जाहेर गरेका छन्।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेता सिटौलाले कांग्रेसभित्र वेथिति, सैद्धान्तिक विचलन आएको भन्दै कार्यकर्ताभित्र कांग्रेसी स्वभिमान खोज्नुपर्ने बेला आएको बताए। विपीको सिद्धान्त सम्झेर मात्रै नहुने भन्दै उनले व्यवहारमा देखाउन नेतृत्वको ध्यानाकर्षण गराए। 

नेतृत्वको इच्छाशक्ति भए कांग्रेस एकता सम्भव रहेको उल्लेख गर्दे मुखले भन्दैमा मात्रै एकता नहुने बताए। उनले भने, ‘एक हौ भनेर एक होइँदैन। हात उठाएर एक भइँदैन। एउटै थालमा भात खाएर एक होइँदैन। विचारमा एकता, नीतिमा एकता, संगठनमा एकता, मूल्य मान्यतामा एकता, संस्कारमा एकता, मूल्यांकनमा एकता हुन्छ। विचार पद्धतिमा नहिडी मनपरी गरेर अनि मिलेर खाउँ है भनेर एकता हुँदैन।’

सरकारले आफूलाई कम्युनिस्ट पार्टी र कम्युनिस्ट कार्यकर्ताको सेवक ठान्ने र विप्लव समूहमाथिको मुर्खता पूर्ण कारवाहीका कारण मुलुकको राजनीतिक परिवेश दुर्घटना उन्मुख भएको उनले टिप्पणी गरे। यस्तो अवस्थामा मुलुक र मुलुकबासीको रक्षाका लागि सशक्त प्रतिपक्षीको रुपमा कांंग्रेसले सरकारलाई दबाब दिन सक्नुपर्ने बताए।

उनले मुलुकलाई सम्भावित खतराबाट बचाउन कांग्रेस चनाखो भएर उभिनुपर्ने आवश्यकता औल्याए।

प्रकाशित: ९ असार २०७६ १५:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App