भावुक सुसाइट नोट लेखेर आत्महत्या गरे ११ वर्षीय बालकले

सोमबार, ०९ असार २०७६, २१ : २४ शिवहरि घिमिरे  | @shivsamir

काठमाडौं– ललितपुरको माल्टास्थित कालीदेवी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीय समिर लुुङ्वाले सुसाइट नोट लेखेर आत्महत्या गरेका छन्। असार ७ गते राती ९ बजेतिर घरभित्रै उनी झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो। बेलुकीको खाना खाइसकेर आमा र दिदी पल्लो घरमा टिभी हेर्न गएको र बुबा पनि माथिल्लो गाउँमा गएको बेला बालकले हत्या गरेको पारिवारिक स्रोतले जनाएको छ। 

उनका काका शुकबहादुर तामाङले घरमा एक्लै भएको अवस्थामा बालकले आत्महत्या गरेका बताए। उनका अनुसार समिरले स्कुलमा सर र घरमा दाई भाउजूले हेपेको कुरा बताएका थिएनन्। पढाईमा पनि उनी मेधावी थिए। ‘बावुको स्वभाव आनन्दको थियो, झगडा पनि गर्दैन्थ्यो, पढाईमा पनि टाठो थियो, एउटा बच्चालाई कसरी यस्तो सोच आयो बुझ्न कठिन भएको छ,’ समिरका काका शुकबहादुरले भने। 

उनले लेखेको सुसाइट नोटका आधारमा प्रहरीले अनुसन्धान थालेको छ। ललितपुरका प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले बच्चाले आत्महत्या गर्ने आँट कसरी राख्यो भन्ने विषयमा प्रहरीले गहिरो अनुसन्धान थालेको बताए। ‘हामीले सुसाइट नोट पनि हेरिसकेका छौं, केही कुरा शंकास्पद देखिएको छ,’ उनले भने, ‘यसबारे गहिरो अनुसन्धान हुन्छ ।’ 

यस्तो छ उनले लेखेको सुनाइट नोटः 

मेरो नाम समिर लुङ्वा हो। म कक्षा ५ मा पढ्छु। मेरो रोल नम्बर ५ हो। आज म केही कुरा भन्न चाहन्छु। म धेरै दुःखमा छु। मलाई कसैले माया गर्दैनन्। कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने गर्नुहुन्छ। घरमा मलाई दाई भाउजूले हेलाँ गर्ने, कोही सर मिस त नहुने म तिनीहरुको नाम लेख्दै छु। सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म विरामी हुँदा विरामी भाको छैन भने। म यति भन्दै बिदा माग्छु। म ११ वर्षको भए, म जन्मेको महिना कात्तिक १४ गते हो।  





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad