coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘इण्डो प्यासेफिकबारे चिन्ता लिन पर्दैन’

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले इण्डो प्यासेफिकबारे धेरै चिन्ता लिन आवश्यक नरहेको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयकअन्र्तगत परराष्ट्रमन्त्रालय शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले यसबारे चिन्ता नलिन आग्रह गरे।

इण्डो प्यासेफिक अमेरिकी परराष्ट्र नीति भएकाले उसको दृष्टिकोण र विश्लेषणबाट भन्दा पनि आफ्नो फाइदा के–के छन् भन्ने कुरा नेपाल स्वयम्ले छुट्याउन सक्नुपर्ने र त्यसमा नेपाल सक्षम भएकाले चिन्ता लिनु नपर्ने तर्क उनले गरे। ‘राजहाँसले जस्तै दूध आफूले लिने र पानी छुट्याउने क्यापासिटी नेपालसँग छ,’ उनले भने, ‘त्यसो भएर यसमा धेरै तनाव नलिनका निम्ति म आग्रह गर्दछु।’

उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क सम्मेलनका सम्बन्धमा भने उनले सार्कका संयन्त्र क्रियाशील भइरहे पनि समिट हुन नसकेको उल्लेख गरे। समिटका लागि हस्तान्तरण गर्नैपर्ने व्यवस्था भएकाले सबै सदस्य राष्ट्रहरूको मतभेद अन्त्य नभईकन सम्मेलन गर्न नसकिने उल्लेख गरे।

उनले बिआरआईमा नेपालले चीनसँग ९ वटा प्रस्ताव गरेको र ती प्रस्तावबारे सम्बन्धित मन्त्रालयले सूक्ष्म ढंगले गृहकार्य गरिरहेको स्पष्ट पारे। उनले राजदूत नियुक्तिको स्पष्ट मापदण्ड भएको स्पष्ट पारेका छन्। नियुक्त भएर जाने मुलुकसँग स्वार्थ बाझिने/नबाझिने, समावेशी र पदीय दायित्व निर्वाह गर्न सक्ने क्षमता हेरिने भन्दै मन्त्रालयले गरेको सिफारिसप्रति आफू विश्वस्त रहेको बताए।

उनले सक्षम आर्थिक कुटनीतिकका लागि साधन र स्रोत पर्याप्त नभएको भए पनि क्षेत्रगत सम्भावनाको विषयलाई प्राथमिकतामा राखेर काम गर्न राजदूतहरूलाई निर्देशन दिने गरिएको बताए।

प्रकाशित: ९ असार २०७६ १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App