coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘क्लीन फिड’को विरोधमा २४ घन्टाका लागि विदेशी च्यानलको प्रसारण बन्द

काठमाडौं– ‘क्लीन फिड’को विरोधमा इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिले विदेशी च्यानलको प्रसारण २४ घण्टाका लागि बन्द गरेको छ। 

‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मार्फत सरकारले विदेशी च्यानलहरुमा ‘क्लिन फिड’ लागू गर्ने तयारी गरेपछि इन्टरनेट तथा डिजिटल सेवा प्रदायक कम्पनीहरु संगठित रुपमा विरोधमा उत्रिएका हुन्। विरोध कार्यक्रमअनुसार नेपालमा प्रसारण हुने ८५ प्रतिशत विदेशी च्यानल सोमबार दिउँसो ३ बजेदेखि २४ घण्टाका लागि बन्द भएका छन्।

नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले क्लिन फिड दिन विदेशी च्यानलहरु तयार नभएको भन्दै यो लागु गर्न नसकिने बताए। उनले सरकारले ल्याएको क्लिन फिडको अवधारणा अनुसार विदेशी च्यानलहरु मात्र प्रसारण गर्न पाउने प्रावधानहरु अक्षरशः लागु गर्दा सृजना हुने अवस्थाबारे जानकारी गराउनका लागि २४ घण्टाका लागि च्यानल बन्द गरेर लागु गरिएको स्पष्ट पारे। ‘क्लिन फिड लागू हुँदा टेलिभिजन कस्तो देखिन्छ भनेर डेमो देखाउन खोजेका हौं’, उनले भने। 

यसअघि आइतबार इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिले पत्रकार सम्मेलन गरी क्लीन फिड कुनै पनि दृष्टिकोणबाट सही नभएको भन्दै लागु गर्न नसकिने स्पष्ट पारेको थियो। क्लीन फिडले नेपाली च्यानलहरुलाई धरासायी बनाउनुको साथै भारतबाट अबैध ढंगले भारतीय डिटिएचका सेटप बक्सहरु भित्रिने र त्यसले प्रत्यक्ष रुपमा नेपाली च्यानलहरुलाई प्रभावित पार्ने दाबी समितिले गरेको छ। 

इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिका सयोजक दिनेश सुवेदीले सरकारले राष्ट्रिय प्रसारण सम्बन्धी व्यवस्थामा राखिनुपर्ने प्रावधान विज्ञापन सम्बन्धी विधेयकमा राखेको र त्यसबारे सरोकारवालाई जानकारी नै नदिइएको बताए। उनले यस किसिमको व्यवस्थाले नेपाली टेलिभिजन व्यवसाय नै धरासायी हुने दाबी गरे।

इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिले क्लिन फिडका कारण नेपाली जनताले चाहेका च्यानलहरु हेर्न नपाउने र खुल्ला सिमानाको फाइदा उठाउने चलखेल हुने र नेपाली च्यानलको समेत दर्शकहरु घट्न गई उनीहरुको पाउने विज्ञापनमा पनि भारी गिरावट हुने भन्दै समितिले त्यसतर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ। 

यसले नेपालमा सञ्चालित डिटिएच, आइपीटिभी र डिटिटीका कम्पनीहरुले नेपाली च्यानलहरु मात्रै देखाएर ग्राहकहरुसँग मासिक शुल्क उठाउन नसक्ने हुँदा ति कम्पनी बन्द हुने र त्यसले अर्बौको लगानी डुब्नुको साथै हजारौको रोजगारी गुम्ने अवस्था श्रृजना हुने समितिको तर्क छ। 

नेपालमा प्रसारित विदेशी च्यानलहरु विज्ञापनरहित (क्लीन फिड) अनिवार्य हुने प्रावधान सहितको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संसदमा छलफलको क्रममा छ।

प्रकाशित: ९ असार २०७६ ११:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App