उच्च शिक्षामा अराजकता छः मन्त्री पोखरेल

सोमबार, ०९ असार २०७६, १६ : ३७ नागरिक

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च शिक्षामा अराजकता रहेको स्वीकार गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत शिक्षा, विज्ञान तथा प्रविधि शिर्षक माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उनले उच्चशिक्षामा अराजकता रहेको बताएका हुन्।

उनले उच्चशिक्षामा देखिएको अराजकता नियन्त्रणका लागि आवश्यक ऐन बनाउने काम भईरहेको जानकारी दिए। विद्यालय शिक्षासँग सम्बन्धीत र उच्च शिक्षासँग सम्बन्धीत ऐन निर्माणको चरणमा मन्त्रालय रहेको पनि उनले स्पष्ट पारे।

उनले भने ‘उच्च शिक्षामा अराजकता पनि छ। विश्वविद्यालयहरुका विविध प्रकारका समस्या छन्। हिजोको क्षेत्रगत र आजको प्रादेशिक ढंगले रहेका विश्वविद्यालयहरुका काठमण्डौमा सम्पर्क कार्यालयहरु थिए। तिनीहरुलाई बन्द गरिए। सबै विश्वविद्यालयलाई एउटा प्रणाली तर्फ लैजानका लागि काम गरिरहेका छौं।’

चिकित्सा शिक्षा क्षेत्र सुधारको सम्बन्धमा भएका पहल बारे जानकारी गराउदै उनले चिकित्सा शिक्षा ऐनको आधारमा आयोग गठन गर्ने क्रममा उपाध्यक्ष छनौटको लागि सर्च कमिटी गठन भएको र यो बीचमा प्रधानमन्त्रीको अध्यक्षतामा पदेन सदस्यहरु रहेर केही निर्णय गरिएको जानकारी दिए। उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्रीको अध्यक्षतामा कार्यदल बनेको र त्यसले आयोगको संगठन संरचना, नियमावली, साझा प्रवेश परीक्षा र शुल्क सम्बन्धी अलगअलग कार्यदलले कामहरु अगाडि बढाइरहेको भन्दै उनले ती कार्यदलका प्रतिवेदनहरु आयोगको बैठकमा छिट्टै प्रस्तुत हुने बताए।

ऐनले व्यवस्था गरे अनुसारको आयोगलाई पुर्णता दिने र व्यवस्थित गर्ने दिशामा मन्त्रालय अघि बढेको पनि स्पष्ट पारे। सांसदहरुले चिकित्सा शिक्षा र उच्च शिक्षामा देखिएको विकृति विसंगतीबारेमा मन्त्रालयको ध्यानाकर्षण गराउँदै नियन्त्रणका लागि भएको पहलबारे जिज्ञासा राखेका थिए। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad