सामूहिक बलात्कार : प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत पक्राउ

सोमबार, ०९ असार २०७६, १२ : ४७ नागरिक

रुपन्देही - रुपन्देहीको गैडहवा गाउँपालिकामा २ युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत पक्राउ परेका छन्।  दुई युवतीलाई १२ युवाहरुले बलात्कार गरेको भन्दै उजुरी परेको छ। असार २ गते राति ८ बजे भएको घटना ढिलो गरी प्रहरी कहाँ पुगेको हो।  २१ र २२ वर्षीया  ती युवतीलाई पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन ढिलाइ भएको स्थानीयवासीले बताए ।

घटना विवरणअनुसार ती दुई युवतीलाई स्थानीय विष्णु थारुले असार २ गते साँझ खाजा खानका लागि बोलाएका थिए । बेलुका खाजा खाएर फर्किँदै गर्दा विष्णुले अन्य दुई युवालाई बोलाएर युवतीमाथि जबर्जस्ती गर्न थालेपछि एक युवती भागेकी थिइन् । अर्की युवतीलाई भने उनीहरुले बलात्कार गरेका थिए । भागेकी युवतीलाई हसनापुर गाउँमा प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत जीवन ज्ञवालीसहित चार जनाले बलात्कार गरेका हुन् ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिका–८ का ज्ञवालीलाई पक्राउ गरेको छ भने अर्का अरोपी विष्णु थारुसहित अन्य व्यक्ति फरार रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ। पक्राउ परेका ज्ञवालीलाई जबर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक शङ्कर पोखरेलले जानकारी दिए ।

गुहार माग्दै गएकी उनलाई युवाहरुले भेटेपछि उल्टै बलात्कार गरेको पीडितको भनाइ उद्धृत गर्दै गैडहवा–९ का अध्यक्ष टेकबहादुरले बलालले बताए। “युवतीहरुले भनेअनुसार घटनामा धेरैजना संलग्न छन् तर प्रहरीले एकजनालाई मात्रै समातेको छ । अरु व्यक्तिलाई पनि पक्राउ गरेर  कारवाही गर्नुपर्छ”, उनले भने “युवतीहरुले न्याय पाउनुपर्छ ।” सामूहिक बलात्कारपछि गम्भीर बनेका दुवै युवतीको स्वास्थ्य उपचार गरिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अध्यक्ष बलालले बताए। गाउँपालिका प्रमुख बच्चुलाल केवटले घटनामा संलग्न  सबैलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले पीडितलाई न्याय रपीडकलाई कानूनी कारवाहीका लागि पहल गरिएको बताए।





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad