६ वैशाख २०८१ बिहीबार
राजनीति

संविधान संशोधन र महाअभियोग सहमतिमै टुँगिन्छः सभामुख घर्ती

काठमाडौं– सभामुख ओनसरी घर्तीमगरले संविधान संशोधन र अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव सहमतिमै टुँगिने विश्वास व्यक्त गरेकी छन्।

रिपोटर्स क्लबको देउसी–भैलो टोलीसँग आइतबार आफ्नै निवासमा बोल्दै सभामुख घर्तीले संविधान संशोधन र महाअभियोग प्रस्ताव दुवै सहमतिमै टुँगिने बताएकी हुन्।

‘संविधान संशोधनको विषयमा अहिले दलहरुवीच छलफल भैरहेको छ,’ यो विषयमा सहमतिमै टुंगोमा पुग्नेमा म विश्वस्त छु,’ उनले भने। त्यस्तै उनले लोकमानविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावपनि दलहरुको सहमतिमै टुँगिने विश्वास दिलाइन् ।  

सभामुख घर्तीमगरले संविधान संशोधन र निर्वाचनको लागि आवश्यक पर्ने ऐन कानूनहरु द्रुत गतिमा निर्माण भैरहेकोले राजनीतिक सहमतिमै तीन वटै निकायको चुनावपनि समयमै हुने बताइन् । उनले मुलुकलाई निकास दिनको लागि र संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्न दलहरु मिल्नुको विकल्प नभएको धारणा राखिन् ।

कार्यक्रममा सभामुख घर्तीमगरका दम्पती नै छमछमी नाचेका थिए।

प्रकाशित: १४ कार्तिक २०७३ ०९:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App