coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उपाध्यक्षले पाउने सेवासुविधाले अक्षय कोष

अक्षय कोषका लागि चेक हस्तान्तरण गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री (दायाँबाट पहिलो)। तस्बिरः नागरिक

हुम्ला - सिमकोट गाउँपालिका उपाध्यक्ष बलि रावतले आफूले पाउने पारिश्रमिकबापत् पाउने रकमले अक्षय कोष स्थापना गरेका छन्। उनले गाउँपालिकाबाट आफूले पाउने सेवासुविधा सबै शिक्षा क्षेत्रमा लगानी गर्ने घोषणा गरेका गरेका थिए। 

आफूले पाउने सेवासुविधा आफ्ना आमाबुबाको नाममा अक्षय कोष स्थापना गरी शिक्षा क्षेत्रमा लगानी गर्नका लागि निर्वाचित भएदेखि हालसम्म २६ महिनाकोे पारिश्रमिकबापतकाे ६ लाख ५० हजारको चेक हस्तान्तरण गरे। उनले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमार्फत् अकबरे लक्षी शैक्षिक स्मृती अक्षय कोष स्थापनाका लागि कोषका संरक्षक जिल्ला समन्वय समिति प्रमुख दानबहादुर रावतलाई हस्तान्तरण गरेका हुन्। 

उपाध्यक्ष रावतले आफूले पाएको पारिश्रमिक गरिबी र विपन्नताका कारण विद्यालय जान नपाएका बालबालिकाको अध्ययनमा सहयोग गर्ने उद्देश्यले अक्षय कोष स्थापना गरिएको बताए। ‘९ वर्षको उमेरमा आमा र २१ वर्षको उमेर बुबा गुमाउँदा मैले पढ्न पाइनँ,’ उनले भने, ‘अन्य बालबालिकाले यस्तो भोग्न नपरोस् भन्नका लागि अक्षयकोष स्थापना गरेको हुँ।’

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमै नमुना र पहिलो उदाहरणीय जनप्रतिनिधिका रूपमा यो कोषले शैक्षिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। 

प्रकाशित: ९ असार २०७६ ०६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App