कहिले हुन्छ नेपाल फूलमा अात्मनिर्भर ?

आइतबार, १४ कार्तिक २०७३, १४ : ५६ नागरिक

काठमाडौँ– प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूल उत्पादन हुने गरेपनि यस वर्षको तिहारका लागि गत वर्षभन्दा ५० हजार बढी फूलको माला आयात गरिएको छ । अघिल्लो वर्ष एक लाख ५० हजार माला आयात गरिएको थियो ।

यसवर्ष तिहारमा भारतबाट रु ६० लाख मूल्य बराबरको दुई लाख सयपत्री फूलको माला ल्याइएको फ्लोरिकल्चर एसोसियसनका अध्यक्ष कुमारकसजु श्रेष्ठले बताए।

“बजारमा मूल्य नियन्त्रणका लागि पनि भारतीय माला आवश्यक छ”–श्रेष्ठले भन्नुभयो, “थोरै अभाव भएमात्रै पनि बजारमा बिचौलियाले फूलको मूल्य अत्यधिक बढाउछन् र उपभोक्ता बढी मूल्य तिर्न बाध्य हुन्छन् ।”

तिहारको समयमा एकैपटक फूलको माग बढ्ने भएकाले स्वदेशी उत्पादनले थोरै मात्रै अपुग हुने हुँदा थप माला आयात गर्न परेको हो । हाल स्वदेशमा ८२ प्रतिशत फूल उत्पादन हुने गरेको र बाँकी १८ प्रतिशत मात्र विदेशबाट आयात गर्नुपरेको उनको भनाइ छ ।

भारतबाट आयात गर्दा प्रतिगोटा माला ३० देखि ३५ रुपैयाँसम्म पर्ने भएकाले नाफा र विभिन्न किसिमबाट हुने नोक्सानी पूर्तिको आधारमा उपभोक्ताले ५० देखि ६० रुपैयाँभन्दा बढी मूल्य तिर्न नपर्ने एसोसिएसनले जनाएको छ ।

एघार लाख माला खपत हुने

यो वर्षको तिहारमा मात्रै देशभर रु ११ लाख बराबरको माला खपत हुने भएको छ । गत वर्षको तिहारमा आठ रु. लाख बाराबरको मालाको कारोबार भएकामा यस वर्ष रु तीन लाख वृद्धि हुने भएको हो । जसमा नौ लाख माला नेपालमै उत्पादित फूलबाट बनेका हुन्छन् । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४० प्रतिशत माला खपत हुने बताइएको छ ।

वार्षिक रुपमा करिव रु डेढ अर्बको फूलको कारोबार हुने गरेकामा तिहारमा मात्र रु सात करोडको फूलको कारोबार हँुदै आएको छ । त्यसैगरी करिब रु पाँच करोडको फूल वार्षिक रुपमा आयात हुने गरेको छ । मुख्यगरी कात्तिक महिनादेखि फागुनसम्मको महिनामा फूलको बढी खपत हुने गरेको एसोसिएसनका उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिना बताउनुभयो ।

प्रणय दिवसमा रातो गुलाब र तिहारमा सयपत्री फूल आयात गर्नु परेपनि मखमली र गोदाबरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको छ । अस्टे«लिया र मलेसियामा नेपालीको उल्लेख्य बसोबास भएकाले तिहारको समयमा ती देशमा मखमली फूल निर्यातसमेत हुने गरेको छ ।

नेपालमा सन् १९५० बाट सुरु भएको पुष्प व्यावसाय सहरीकरणको विकास तथा विस्तारसँगै पुष्प व्यवसाय पनि फस्टाउँदो छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, पोखरा, नारायणघाट, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी पाल्पा, धादिङ, चितवन र विराटनगरलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्प फर्म तथा नर्सरी विस्तार भइसकेको छ ।

यस व्यावसायबाट ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । नेपालमा लगभग १४७ हेक्टर क्षेत्रफलमा ६०० प्रजातिका फूल उत्पादन छ । व्यावसायिक रुपमा ४०० प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ ।  शर्मिला पाठक/रासस








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad