७ वैशाख २०८१ शुक्रबार
समाज

मिर्गौला पीडित कुमालको उपचारमा प्रवासी नेपालीद्वारा सहयोग

तस्बिर रासस

पाल्पा– रामपुर नगरपालिका–८ बस्ने  मिर्गौला  पीडित भीमबहादुर कुमालको उपचारमा प्रवासी नेपालीबाट आर्थिक सहयोग जुटेको छ। रामपुर जापान सम्पर्क मञ्चले ३१ वर्षीय कुमालको उपचारका लागि ८८ हजार ८८८ रुपौयाँ रकम सहयोग गरेको हो।

यसैगरी कुमालको उपचारमा सहयोगस्वरुप रामपुर नगरपालिकाले १२ हजार २२३ रुपैयाँ, रामपुर ८ का समाजसेवी नरनारायण अर्याल र  रामपुर ५ का निराजन रेग्मीले पनि नगद  पाँच/पाँच हजार रुपैयाँ सहयोग प्रदान गरेका छन्। वडा नं ८ का जनप्रतिनिधि तथा कर्मचारीहरुले  १५ हजार  नगद रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। 

कुमाललाई सो रकम नगर प्रमुख रमणबहादुर थापाले हस्तान्तरण गर्दै सामान्य रोगको पनि ख्याल नगर्दा ठूलो रोगले आक्रमण गरेर सताउने भएकोले समय समयमा स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गराएर निरोगी रहन सकिने बताए। 

रामपुर जापान सम्पर्क मञ्चले सङ्कलन गरेको सो रकम प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालमार्फत पीडितलाई सहयोग गरिएको हो। आफूलाई उपचारमा सहयोग गर्नुहुने दातालाई धन्यवाद दिँदै जीवन रक्षाका लागि थप सहयोगको कुमालले याचना गरेका छन्। सात वर्षसम्म वैदेशिक रोजगारीमा कार्यरत ३१ वर्षीय कुमाल दुवै मिर्गौला ले काम गर्न छाडेपछि सात महीना अगाडि स्वदेश फर्किएका थिए। 

उनले वैदेशिक रोजगारीको क्रममा सवारी चालकको काम गरेका थिए। कुमालका बुबा, आमा, श्रीमती, दुई छोरा छन्। सामान्य परिवारका कुमाल आफू नै बिरामी परेपछि परिवारको जीवन गुजारा चलाउन समस्या परेको छ।रासस

प्रकाशित: ९ असार २०७६ ०४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App