coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

भरपर्दाे ब्याटिङ आशा

लन्डन – बंगलादेशका लागि मुस्फिकर रहिम सदैव एक भरपर्दा ब्याट्सम्यान हुन्। सन् २००६ देखि बंगलादेशको राष्ट्रिय टोलीबाट खेल्दै आएका मुस्फिकरले कयौं पटक ब्याटिङको मद्दतले आफ्नो टोलीलाई जित दिलाएका उदाहरण छन्। बंगलादेशले विश्वकपअन्तर्गत सोमबार आफ्नो सातौं खेलमा दक्षिण एसियाली प्रतिद्वन्द्वी अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै छ।

सो खेलमा पनि मुस्फिकरबाट टोलीले महत्वपूर्ण इनिङको आशा गर्नेछ। गत अस्ट्रेलियाविरुद्ध पनि मुस्फिकरले शतकीय इनिङको योगदान दिएका थिए। जारी विश्वकपका अन्य खेलमा पनि मुस्फिकरले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै बंगलादेशलाई जितको आधार बनाएका छन्। उनले पाँच खेलमा एक शतक र अर्धशतकको मद्दतले कुल २ सय ४४ रन प्रहार गरेका छन्।

पछिल्ला ८ खेलमा पनि मुस्फिकरले ५४.० को औसतले ब्याटिङ गर्दा ३ सय ७८ रनको आकडा पार गरे। साकिब अल हसनसँगै मुस्फिकरको ब्याटिङप्रेरित बंगलादेशले विश्वकपको ६ खेलमा दुई जितसमेत निकालेको छ। बंगलादेशले दक्षिण अफ्रिकाविरुद्ध जित निकाल्दा मुस्फिकरले ७८ रनको महŒवपूर्ण इनिङ खेलेका थिए। वेस्ट इन्डिजविरुद्ध जित दर्ता गर्दा भने मुस्फिकर १ रनमै पवेलियन फर्किएका थिए। उनको ब्याटिङ न्युजिल्यान्डसँग पनि चल्न सकेन। उक्त खेलमा उनी १९ रनमा नै पवेलियन फर्किए। मुस्फिकरले इङ्ल्यान्डसँग ४४ रनको योगदान दिँदा श्रीलंकासँगको खेल भने वर्षाका कारण हुन सकेन। बलियो टोली अस्ट्रेलियाविरुद्ध भने मुस्फिकरले आक्रामक ब्याटिङ गर्दै शतक पूरा गरे।

सो खेलमा उनले १ सय २ रनको अविजित इनिङ खेलेका थिए। क्षमतावान् ब्याट्सम्यानका रूपमा परिचित मुस्फिकरले २ सय १० एकदिवसीय खेलमा ५ हजार ८ सय २ रन बनाएका छन्। एकदिवसीय वरीयतामा २०औं स्थानमा रहेका उनले ७ शतक र ३४ अर्धशतक बनाएका छन्। तुलनात्मक रूपमा कमजोर मानिएको अफगानिस्तानविरुद्ध पनि मुस्फिकरले बलियो इनिङको योगदान दिन सक्छन्।

प्रकाशित: ९ असार २०७६ ०३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App