coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अनुभवी प्रदर्शनको अपेक्षा

बलन्डन – पूर्वकप्तान मोहम्मद नाबीले गत आइतबार विश्वकपको छैटौं खेलमा भारतविरुद्ध अलराउन्ड प्रदर्शन गर्दा अन्तिम ओभरसम्म अफगानिस्तान जित नजिक पुगेको थियो।

नाबीले बलिङमा उत्कृष्ट योगदान दिँदै ब्याटिङमा पनि अफगानिस्तानलाई साथ दिँदा विश्वकपको बलियो टोली भारतले जितका लागि निकै संघर्ष गर्नुपरेको थियो। उक्त खेलमा भारतका कप्तान विराट कोहली र ओपनर लोकेश राहुलजस्ता ब्याट्सम्यानलाई आउट गर्दा अफगानिस्तानले निकै झीनो लक्ष्य पाएको थियो। ९ ओभर बलिङ गरेका नाबी ३३ रन खर्चिएर निकै किफायती बलर साबित भए।

ब्याटिङतर्फ पनि कमजोर अवस्थामा इनिङ समालेका नाबीले ५२ रनको अर्धशतकीय योगदान दिए। अफगानिस्ताले सोमबार विश्वकपको सातौं खेलमा तुलनात्मक रूपमा बलियो बंगलादेशविरुद्ध खेल्दै छ। उक्त खेलमा पनि अफगानी टोलीले नाबीको पुरानै लय निरन्तरताको आशा गरेको छ। बंगलादेशको टोलीसँग निकै परिचित पनि भएकाले पनि नाबी उक्त खेलमा जितका आधार बन्न सक्नेछन्। बंगलादेश प्रिमियर लिग क्रिकेट खेलेका उक्त टोलीका खेलाडीबारे नाबी जानकार नै हुन सक्छन्। पाकिस्तान, भारत, अस्ट्रेलिया र वेस्ट इन्डिजका व्यावसायिक क्रिकेट लिग खेलेकाले अफगानिस्तानको टोलीमा उनी सबैभन्दा अनुभवी खेलाडी हुन्। जारी विश्वकपमा पनि उनले श्रीलंकाविरुद्ध पनि उत्कृष्ट बलिङ गरेका थिए। ९ ओभर बलिङ गरेका नाबीले ३० रन मात्र खर्चिंदा ४ विकेट निकालेका थिए।

अन्य खेलमा भने उनले खासै राम्रो प्रदर्शन गर्न सकेनन्। उनले ११८ एकदिवसीय खेलमा एक शतक र १४ अर्धशतकसहित २ हजार ६ सय ८१ रन बनाएका छन्। जसमा उनले ४.२९ को रनरेटमा १ सय २४ विकेटसमेत लिएका छन्। एसोसिएट राष्ट्रबाट एकदिवसीय मान्यता दिलाउँदा उत्कृष्ट कप्तानको जिम्मेवारी निर्वाह गरेका नाबीको प्रेरणबाट अफगानी टोली पहिलो जितको खोजीमा रहनेछ। 

प्रकाशित: ९ असार २०७६ ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App