७ वैशाख २०८१ शुक्रबार
खेल

पहिलो जितको खोजीमा अफगानिस्तान

लन्डन – सम्पन्न सबै ६ खेलमा पराजित हुँदै अन्तिम चारको स्थान गुमाइसकेको अफगानिस्तालने आफ्नो सातौं खेल सोमबार बंगलादेशसँग खेल्दा पहिलो जितको खोजीमा हुनेछ। उता वेस्ट इन्डिज र दक्षिण अफ्रिकाजस्ता बलिया टोलीमाथि जित निकालेको बंगलादेश पनि अन्तिम चारमा स्थान बनाउन सुखद नतिजाको खोजीमा मैदान उत्रनेछ।

शनिबार जारी विश्वकपको सन्तुलित टोली भारतविरुद्ध कडा चुनौती दिएको अफगानिस्तानले सोमबार बंगलादेशसँगको खेल आफ्नो पक्षमा पार्न गर या मरको अवस्थामा हुनेछ, किनभने जारी विश्वकपका कुनै पनि खेलमा अफगानिस्तानले सुखद नतिजा निकाल्न सकेको छैन। त्यसपछिका दुई खेल पाकिस्तान र वेस्ट इन्डिजजस्ता अझै कठिन टोली भएकाले अफगानिस्तानका लागि बंगलादेश केही सहज टोली भएकाले जित निकाल्ने अवसर हुन सक्छ। 

रहमत शाह, हस्मतुल्ला साहिदी, नाजिबुल्लाह जर्दान, मोहम्मद नावीजस्ता एसोसिएट राष्ट्रका विस्फोटक ब्याट्सम्यानले पछिल्लो खेलमा बटुलेको अनुभव अफगान टोलीका प्लस प्वाइन्ट हुनेछ। ब्याटिङ बलियो भए पनि बलिङ पक्ष तुलनात्मक हिसाबले कमजोर देखिएको बंगलादेशविरुद्ध यसै कारण अफगानिस्तान जितको खोजीमा हुनेछ। यद्यपि अफगानिस्तानका लागि त्यति सहज छैन। बंगलादेशले पनि साबिकको विजेता अस्ट्रेलियासँग पराजित भए पनि सानदार ब्याटिङ गर्दै बलियो रहेको प्रस्ट पारिसकेको छ। बलिङलाइन पनि मजबुत देखाउँदै खेल देखाउन सफल भएको थियो। त्यसैले बंगलादेशलाई कमजोर आकलन गर्नु अफगानिस्तानका लागि मूर्खता पनि हुन सक्छ।

बंगलादेशका सकिब अल हसन, मुसफिकर रहिम, तामिम इकवाल, महमदुल्लाहजस्ता ब्याट्सम्यानलाई रोक्न अफगानी टोलीलाई कठिन हुनेछ। साकिब अल हसन जारी विश्वकपको शीर्ष दुईमा छन्। उनी जारी विश्वकपको सबै खेलमा राम्रो प्रदर्शन गर्दै बंगलादेशको इनिङ सम्हाल्ने भूमिका निर्वाह गरेका छन्। तर भारतविरुद्ध सानदार बलिङ गरेका अफगानिस्तानका मोहम्मद नावी, गुलबदिन नायब, रहमत शाह, रासिद खान, अफ्ताब आलम र मुजिव उर रहमानजस्ता बलरको बलिङ ठम्याउन बंगलादेशलाई कठिन पनि हुन सक्छ।

अफगानिस्तानमा जारी विश्वकपमा भारत, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, श्रीलंका र साबिकको विजेता अस्ट्रेलियासँग पराजित हुँदै तालिकाको पुछारमा अंकविहीन छ। उता दुई खेलमा जित र तीन खेलमा पराजय भोगको बंगलादेशले १ खेलमा वर्षाका कारण अंक बाँडेको थियो। बंगलादेशको ६ खेलबाट ५ अंक रहेको छ। दक्षिण अफ्रिकालाई हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको बंगलादेशले त्यसपछि सम्पन्न भएका दुई खेलमा नतिजा सुम्पिएको थियो। चौथो खेलमा श्रीलंकासँग अंक बाँडेको बंगलादेशले पाँचौं खेल वेस्ट इन्डिजमाथि ७ विकेटको जित निकाल्दा छैटौं खेलमा अस्ट्रेलियासँग ४८ रनले पराजित भएको थियो।

आइसिसी क्रिकेट विश्वकपमा अफगानिस्तान र बंगलादेशले एक पटक मात्र प्रतिस्पर्धा गरेका छन्। २०१५ मा भएको भेटमा बंगलादेशले अफगानिस्तानमाथि बाजी मार्न सफल भएको थियो। उक्त खेलमा बंगलादेशले अफगानिस्तानलाई १ सय ५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। भारतविरुद्ध सानदार बलिङ गरेका अफगानिस्तानका मोहम्मद नावी, गुलबदिन नायब, रहमत शाह, रासिद खान, अफ्ताब आलम र मुजिव उर रहमानजस्ता बलरको बलिङ ठम्याउन बंगलादेशलाई कठिन पनि हुन सक्छ। 

प्रकाशित: ९ असार २०७६ ०३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App