७ वैशाख २०८१ शुक्रबार
समाज

उज्यालो पर्वमै बिजुली अाउँदा स्थानीय हर्षित

ताप्लेजुङ– यति चाँडै गाउँमा बिजुली जाडिएकाला भन्ने धेरै स्थानीयलाई लागेको थिएन। शंकालाई मेटाउँदै शनिबारबाट ताप्लेजुुङ सदरमुकाम फुुङलिङमा बिद्युुत्को राष्ट्रिय प्रसारण लाइन जोडिँदा फुुङलिङ बजारका स्थानीयले सुखी साटेका छन्।

लामो प्रयासपछि बिद्युत् राष्ट्रिय प्रसारण लाइन जोडिँदा धेरैले अँध्यारोबाट मुक्ति पाइने आसा व्यक्त गरेका छन्। फुुङलिङ बजार लामो समयदेखि अन्धकार थियो। बिद्युतको केन्द्रिय प्रसारण लाईन जोडिएपछि प्रतिक्रिया दिन भ्याएका फुुङलिङका व्यवसायी शान्ति श्रेष्ठले आफ्नो जीवनमा सुखका दिन भित्रिएको बताए। उनले अव बिदेशी तेलबाट चलाइएको जेरेरेटरले उन्मुक्ति पाँउदा आफ्नो व्यवसायसमेत केही सहज हुुने बिश्वास लिए। यो उनको खुसीको पहिलो जवाफ थियो।

स्थानीय दुुर्गा बरालले बिद्युत्को राष्ट्रिय प्रसारण लाईन जोडिँदा लामो समयदेखिको सपना साकार भएको अनुुभुत गरे। भने ‘यसपालीको दिपावलीसँगै हामीमा उज्यालोको खुसी पनि छायो।’ डेढदशक अघिबाट बिद्युतको राष्ट्रिय प्रसारण लाईन जोडिए हुन्थ्यो भन्ने स्थानीयको सपना पूरा भएपछि धेरैले फुुङलिङ चम्किलो भएको अनुुभुत गरे।

जेनेरेटर र सोलार प्यानलजस्ता प्रविधीले अँध्यारोलाई छल्दै आएका स्थानीयले गर्व गरे, ‘हामीपनि अव केन्द्रीय बिद्युत प्रसारणलाइन जोडिएका जिल्लाका बासिन्दा भयौं’ । गर्वमा मात्र सिमित भएन स्थानीयको खुसी । उनीहरुले अव अँध्यारो मेट्ने साधन जिल्लामा भित्रिएकोमा सरोकारवाला बधाईमा पात्र भएको बताए । यस्तो प्रतिक्रिया दिनेमा थिए,होटल व्यवसायी संघका जिल्ला अध्यक्ष दिनेश खवास । खवासलाई बिद्युत सहितको नगरवासी भएकोमा अरुभन्दा बढी गर्व थियो । पाहुुना आँउदा धिपधिपे बत्तिको सहारा दिनुुपर्ने बाध्यता हटेकोमा उनले प्रसन्नता मात्र जनाएनन्,ठूलै युुद्ध जितेको महशुुष पनि गरे । उनलाई पाहुुनाको अगाडि झुुकेको शिर सरक्कै उठेजस्तै भान भयो ।

बिद्युत प्राधिकरणले दशैं र तिहार समेत नभनी लगातार काम गरेर शनिवार अपरान्ह फुुङलिङ बजारमा बिद्युतको राष्ट्रिय प्रसारण लाईनको परीक्षण प्रसारण गर्दा नगरवासीले आफ्ना घरमा बालिएका चिमलाई ढोगेका थिए । खाना र पानी समेत नखाई बिद्युत प्राधिकरणलाई सहयोग गर्ने बिद्युत उपभोक्ता संस्था र बिद्युत सरोकार युवा समुहको स्थानीयले जयजयकार मनाएका छन् ।‘सबै त्यागेर हामीले बिद्युतको लागि काम गर्यौं र सफलता पनि पायौं’बिद्युत प्राधिकरणका ईलाम स्थित प्रमुुख सिताराम सिग्देलले भने । उनले यो काममा अनवरत सहयोग गर्ने युवा सरोकार समिति र बिद्युत उपभोक्ता संस्था सहित उपभोक्ता सदस्यलाई कामका लागि धन्यवाद दिएका छन् ।

बिद्युत उपभोक्ता संस्थाका कर्मचारीले प्राविधिक काममा सहयोग पुर्याउदा युुवा सरोकार समुहका सयौं युवाले आफ्नै खर्च लगाएर बुस कटिङ, तारपोलिङ र अन्य कामको व्यवस्थापनमा सहयोग गरेका थिए । युवा सरोकार समुहका संयोजक नारायण थापाले आफुहरुको मेहनेतले सार्थकता पाएकोमा खुुसी व्यक्त गर्दै शनिवारलाई दशकौं देखिको सपना पुुरा गर्ने महान दिनको रुपमा बुुझेका छन् । पहिलो परीक्षण प्रसारणमा फुुङलिङ बजार सम्म आई पुुगेको बिद्युत बीचमा केहि प्राविधिक समस्या आएपछि ताप्लेजुुङ नगरपालिका वार्ड नं ८ मा रहेकोे सव स्टेशन सम्म केन्द्रित गरिएको प्राधिकरणका ईलाम प्रमुख सिग्देलले जानकारी दिए । उनले बीच भागमा देखा परेको समस्या हटाएर बिद्युत प्रवाहको व्यवथापन भई रहेको जानकारी दिए ।

‘अरु नीतिगत निर्णय पनि गर्दै जाने र बिद्युतको प्रवाहको व्यवस्थापन पनि क्रमश गर्ने तयारी भई रहेकोे छ’सिग्देलले जानकारी दिए । यसैबीच केन्द्रित बिद्युत प्रसारण लाईनको व्यवस्थापनमा सक्रिय सहभागिता जनाएको भन्दै सिग्देल सहितका बिद्युत प्राधिकरण सहितका निकायलाई स्थानीयले नागरिक अभिनन्दनका तयारी गरेका छन् । बिदाको समय र कार्यालय समय भन्दा पनि माथि उठेर कार्य गरेकोले कार्यको प्रशंसा सहित नागरिक अभिनन्दनको तयारी थालिएको युवा सरोेकार समुहले जनाएको छ ।

प्रकाशित: १४ कार्तिक २०७३ ०९:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App