७ वैशाख २०८१ शुक्रबार
खेल

ब्राजिलको फराकिलो जित

साओ पाउलो – पाहुना टोली पेरूमाथि ५–० को फराकिलो जित निकाल्दै घरेलु टोली ब्राजिल कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

शनिबार भएको समूह चरणको अन्तिम खेलमा ब्राजिलमाथि हाबी बन्दै अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो। कोरिन्थिनास स्टेडियममा ब्राजिललाई जित दिलाउन कासेमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र विलियनले समान एक गोल गरे।

पाहुना टोली पेरूविरुद्ध हाबी बनेको ब्राजिलले १२औं मिनेट अग्रता लिन सफल भएको थियो। ब्राजिलका कासेमिरोले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका हुन्। त्यसपछि १९औं मिनेटमा फिर्मिन्होले ब्राजिलका लागि गोल गर्दै अग्रता २–० मा पु-याए। ३२औं मिनेटमा एभर्टनले गोल गर्दा पहिलो हाफमा ब्राजिल ३–० ले अघि रह्यो। पहिलो हाफको अग्रतापछि घरेलु समर्थकका साथ उच्च मनोबल बनाउँदै खेल प्रदर्शन गरेको ब्राजिलले ५३औं मिनेटमा अल्भेसले गोल गर्दै ब्राजिलको अग्रता ४–० पु¥याए। खेलको अन्तिम मिनेटमा विलियनले गोल गर्दैै ब्राजिलको अग्रता फराकिलो पारे। विलियनले टोलीका लागि पाँचौं गोल गरेसँगै ब्राजिल पेरूमाथि ५–० को जित निकाल्दै नकआउट चरणमा स्थान बनाउन सफल भयो।

तर इन्जुरी समयमा ग्याब्रियल जिससले पेनाल्टी अवसरलाई सदुपयोग गर्न सकेनन्। उनको पेनाल्टी पेरूका गोलकिपर पेड्रो गल्लेसले उत्कृष्ट बचाउ गर्दै फराकिलो अन्तरलाई टारेका थिए। जितसँगै समूह ‘ए’ को  ब्राजिल समूहविजेता बन्दै नकआउट चरणमा पुग्न सक्यो। तेस्रो स्थानमा रहँदै ४ अंक जोडेको पेरूले भने क्वार्टरफाइनल प्रवेशका लागि हुने प्ले अफ खेल्नुपर्ने भएको छ। यस समूहबाट भेनेजुएला उपविजेता बन्दै क्वार्टरफाइनलमा पुगेको छ भने अर्को टोली बोलिभिया प्रतियोगिताबाट बिदाइ भएको छ।

प्रकाशित: ९ असार २०७६ ०३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App