coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सुदूरपश्चिम विजयी

धनगढी - प्रदेश ५ लाई ५१ रनको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम प्रदेश आइतबार कञ्चनपुरको महेन्द्रनगरमा जारी चौथो प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी भएको छ। सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो। महेन्द्रनगरको कवर्डहल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६ दशमलव १ ओभरमा अलआउट हुँदै सय रन बनाएको थियो। सुदूरपश्चिमका लागि कविता कुँवरले २५ बल खेल्दै ८ चौकाको सहयोगमा ४३ रन जोडिन्। यसै गरी कविता जोशीले २१ बलमा २ चौकाको सहयोगमा १९ रन बनाइन्।  रेवती धामीले ९, निशा भट्टले ८, मञ्जु बोकटीले ४ र लक्ष्मी साउदले  ४ रन जोडे।

प्रदेश नम्बर ५ का लागि नेरी थापा र अलिसा केसीले समान ३ विकेट लिए। दुवै जनाले ४ ओभरमा समान २२ रन खर्चेका थिए।  सीमा थापा, कीर्तिका मरासिनी र सरस्वती पुन मगरले समान १ विकेट लिए। १ सय १ रनको विजयलक्ष्यसहित जबाफी ब्याटिङ गरेको प्रदेश  ५ ले १६ ओभरमा सबै विकेट गुमाउँदै ४९ रन मात्र बनाउन सक्यो।

उसका लागि लक्ष्मी चौधरीले अविजित  १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। सुदूरपश्चिमका लागि कसिलो बलिङ गर्ने क्रममा कप्तान जानकी भट्टले ३ विकेट लिँदा कविता कुँवरले २ विकेट लिइन्। सुमन विष्ट र लक्ष्मी साउदले समान २, २ दुई विकेट लिए। प्रतियोगितामा प्लेयर अफ द म्याच कविता कुँवर बन्न सफल भइन्। वर्षाले खेल स्थगित आइतबारको दोस्रो खेल वर्षाका कारण स्थगित हुँदा एपिएफ र गण्डकी प्रदेशले १ अंक बाँडेको प्रतियोगिताका प्राविधिक प्रमुख विनयकुमार झाले बताए।

 

प्रकाशित: ९ असार २०७६ ०३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App