coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

दुई पुलिसबीच फाइनल प्रतिस्पर्धा

त्रिभुवन आर्मीका खेलाडी (रातो) गण्डकी प्रदेशविरुद्ध स्पाइक हान्दै । तस्बिर : उमेश पुन/नागरिक

पोखरा - छैटौं महिला बिच भलिबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोलीले प्रतिस्पर्धा गर्नेछन् । उपाधिका लागि नेपाल पुलिसको ‘ए’ टोलीले सशस्त्र प्रहरी बलको क्लब एपिएफ ‘ए’ सँग खेल्नेछ । शनिबार साँझ रोकिएको दोस्रो सेमिफाइनल आइतबार दिउँसो खेलाउँदा एपिएफ ‘ए’ ले नेपाल पुलिस क्लब ‘बी’ लाई सोझो सेटमा पराजित गर्दै आफूलाई उपाधि प्रतिस्पर्धामा उभ्याएको हो ।

आइतबार फेवा किनारमा रहेको बाराही खेलमैदानको बिच भलिबल कोर्टमा एपिएफका विनीता बुढाथोकी र नेविका चौधरीको जोडीले नेपाल पुलिस क्लब ‘बी’ का मनीषा चौधरी र पुष्पा चौधरीको जोडीलाई २१–९ र २१–१४ को सेटमा पराजित गर्दै फाइनल भिड्ने निश्चित गरेको हो । महिलातर्फ तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा आर्मीलाई पराजित गर्दै नेपाल पुलिस क्लब ‘बी’ विजयी भयो । आर्मीका पुष्पापल परियार र मनीषा खाँडको जोडीलाई पुलिस ‘बी’ का मनीषा चौधरी र पुष्पा चौधरीको जोडीले ८–२१, २१–१२ र १५–१२ ले हराउँदै तेस्रो भयो ।

नेपाल भलिबल संघको आयोजना तथा कास्की जिल्ला भलिबल संघको व्यवस्थापनमा गत बिहीबारदेखि आयोजित प्रतियोगिताअन्तर्गत आइतबार पुरुषतर्फ गण्डकी ‘बी’ ले नेपाल पुलिस क्लब ‘ए’ लाई प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै फाइनल सुनिश्चित ग¥यो । गण्डकी ‘बी’ का राजु विक र अनिल दर्लामी मगरको जोडीले नेपाल पुलिस क्लब ‘ए’ का चन्द्र कँुवर र तोरण चन्दको जोडीलाई पराजित गरेको थियो । पहिलो सेट २१–१५ मा सजिलै जितेको गण्डकी प्रदेशले दोस्रो सेटमा भने पुलिसलाई १८–२१ ले पराजित ग¥यो । अन्तिम तथा निर्णायक सेटमा भने लयमा फर्किएको गण्डकीले १५–९ मै सेट आफ्नो पक्षमा पार्दै फाइनल प्रवेशको ढोका खोल्यो ।

अर्को सेमिफाइनलमा भने गण्डकी प्रदेश ‘ए’  नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको सिकार बन्न पुग्यो । निकै प्रतिस्पर्धात्मक तीन सेट खेल्दै आर्मीले उपाधिका लागि गण्डकी प्रदेशको ‘बी’ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । सन्जुविक्रम शाह र रमेश केसीको जोडीलाई आर्मीका मानबहादुर श्रेष्ठ र दिलकुमार सुनारको जोडीले २१–१४, १२–२१ र १५–११ को सेटमा पराजित गर्दै फाइनल तय गरेको थियो । प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय गरी पुरुषतर्फ १७ र महिलातर्फ १४ टोलीले सहभागिताका जनाएका थिए । विजेता महिला तथा पुरुष टोलीले समान नगद राशि ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुने दुवै टोलीले २०÷२० हजार र तेस्रो हुने टोलीले १०÷१० रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीद्वयलाई पनि नगद ३÷३ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रकाशित: ९ असार २०७६ ०३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App