७ वैशाख २०८१ शुक्रबार
समाज

रेडियसन चुहिएपछि वीरका सिटिसक्यान बन्द

काठमाडौं - राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा सिटिसक्यानको विकिरण चुहिएपछि सेवा तीनदिनदेखि बन्द भएको छ। सेवा बन्द भएपछि अस्पतालमा उपचार गर्न आएका बिरामी अन्यत्र धाउन बाध्य भएका छन्। अस्पतालमा दैनिक १५ जनाजति सिटिसक्यानका लागि आउँछन्।

अस्पतालमा रेडियसन चुहावट अध्ययन गर्न आएको समितिले बझुाएको प्रतिवेदनमा रेडियसन चुहावट भएको उल्लेख े थियो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रचिष्ठानबाट शुक्रबार अस्पताल आएका वैज्ञानिकले विकिरण (रेडियसन) चुहिरहेको जनाएपछि अस्पतालको सिटिसक्यान सेवा पूर्ण रुपमा बन्द गरेको हो। अस्पताल पुगेका नास्टका वैज्ञानिक बुद्धराम शाहका सिटिस्क्यान गर्ने कोठाको ढोका तथा सिलिङको मोटाइ नपुग्दा ढोकाबाट रेडियसन चुहिएको देखिन्छ। अस्पतालबाट अनुगमन गर्न निवेदन आएपछि त्यहाँ पुगेको बताउँदै उनले भने, ‘कुन तहको रेडियसन राख्ने हो त्यो प्रक्रिया नमिलेको हुन सक्छ। त्यसमा सुधार गरे भइहाल्छ।’

शाखाका रेडियोलोजिस्ट डा. राजकिशोर जैसवालले सिटिस्क्यान शाखामा काम गर्ने कर्मचारी, चिकित्सक, बिरामी र बिरामीको आफन्तलाई समेत विकरीणको असर पर्ने जोखिमको कारण सेवा बन्द गरेको बताए। नयाँ सिटिसक्यान छ/सात महिनाअघि मात्र जडान गरिएको हो। सिटी राखिएको कोठाको संरचना, ढोका तथा झ्याल विकिरण चुहावटको लागि भरपर्दो नभएकाले चुहिएको उनले बताए। विकिरण चुहिरहेको प्रतिवेदन पेश भएपछि सिटिसक्यान शाखामा कार्यरत चिकित्सक तथा कर्मचारी त्रसित बनेका छन्। ‘विकिरण चुहिनु भनेको बिरामी, उनका आफन्त र स्वास्थ्यकर्मी सबैका लागि खतरा हो,’ रेडियोलोजिस्ट डा. जैसवालले भने।

उनका अनुसार शाखाकै कर्मचारी रवि पण्डितको रगतमा रक्तकोषिका घटेको रिपोर्ट आएको विषयले थप अनुसन्धानको विषय बनेको छ। रेडियोलोजिस्टका अनुसार विकिरणको सम्पर्क आवश्यक भन्दा बढी भएमा रगत, बोनम्यारो, छाला, थाइराइड तथा अन्य अंगको क्यान्सर हुन्छ। घटनालगत्तै समस्याको छिटो समाधान गर्न पुनः वैज्ञानिक बोलाएर प्रमाणित गरी सोही अनुसार चुहावट नियन्त्रण गर्ने जनाएको छ। ‘जतिसक्दो छिटो समस्या समाधान गछौं,’ अस्पतालका निर्देशक केदार सेन्चुरीले भने।

प्रकाशित: ९ असार २०७६ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App