४ वैशाख २०८१ मंगलबार
राजनीति

मुखर्जीको भ्रमण सफल बनाउन सबै मिल्नुपर्छः मन्त्री महत

काठमाडौं– परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संविधान संशोधन हुने स्पष्ट पारेका छन्। आइतबार रिपोर्टर्स क्लबको देउसी–भैलो टोलीसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा. महतले सबैको सहमतिमा संविधान संशोधन हुने स्पष्ट पारेका हुन्।

‘हामी सबै नेपाली जनताको भावनालाई सम्बोधन गर्ने कोसिसमा छौं, संविधान संशोधन पनि सबैको सहमतिमा नै हुन्छ, यसमा कुनै शंका छैन।’

मन्त्री महतले नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर नै आफ्नो कुटनीतिक सम्बन्धलाई अघि बढाउने विश्वास व्यक्त गरे। उनले थपे, ‘नेपालले आफ्नो आवश्यकता कूटनीतिक पहलमार्फत सही समय र उपर्युक्त बेलामा आफ्नो कुरा उठाउँछ, नेपालले संयुक्त राष्ट्रसंघलगायत अन्य अन्र्तराष्ट्रिय मञ्चमा उच्चस्तरमा आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर कुरा राख्छ।’
उनले अधिकार र कर्तव्यलाई सही सदुपयोग र सन्तुलन गर्दै अघि बढ्नुपर्ने बताए। उनले भने, ‘कानुनी शासनको सबैले पालना गर्नुपर्छ ।’ उनले दुवै छिमेकीसँग नेपालको समुधुर सम्बन्ध रहेको समेत बताए ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको बेला बिदा दिने कुरामा अनावश्यक विवाद बनाउने काम कसैले पनि गर्न नहुने उनको भनाइ थियो। ‘विदा दिनु सकारात्मक कुरा हो, अब हामी सबै मिलेर उहाँको भ्रमण सफल बनाउनतिर लाग्नुपर्छ।’
 

प्रकाशित: १४ कार्तिक २०७३ ०८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App