७ वैशाख २०८१ शुक्रबार
खेल

सुदूरपश्चिम ५१ रनले विजयी

धनगढी– कञ्चनपुरको महेन्द्रनगरमा जारी चौथो प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा प्रदेश ५ लाई ५१ रनको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम बिजयी भएको छ। सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो।

महेन्द्रनगरको कवर्डहलको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय रन बनाएको थियो। सुदूरपश्चिमका लागि कविता कुँवरले २५ बल खेल्दै ८ चौकाको सहयोगमा ४३ रन जोडिन्। यसैगरी कविता जोशीले २१ बलको सामना गर्दै २ चौकाको सहयोगमा १९ रन बनाइन्।  रेवती धामीले ९, निशा भट्टले ८, मञ्जु बोकटी ४ र लक्ष्मी साउदले अविजित रहदै ५ वलमा ४ रन जोडिन्। 

प्रदेश नम्बर ५ का लागि नेरी थापा र अलिसा केसीले समान ३, ३ विकेट लिए। दुवै जनाले ४ ओभर बलमा समान २२ रन खर्चेका थिए। सीमा थापा, किर्तिका मरासीनी र सरस्वती पुन मगरले समान १, १ विकेट लिए।

१ सय १ रनको विजयी लक्ष्य सहित ब्याटीङ गरेको प्रदेश नम्बर ५ ले १६ ओभरमा सवै बिकेट गुमाउदै ४९ रन मात्र बनाउन सक्यो। 
उसका लागि लक्ष्मी चौधरीले अविजित रहि १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। सुदूरपश्चिमका लागि कसिलो बोलिङ गर्ने क्रममा टीम कप्तान जानकी भट्टले २ ओभरमा ४ रन खर्चेर ३ विकेट लिइन्। यसैगरी कविता कुँवरले ४ ओभरमा एक मेडन सहित ६ रन मात्र खर्चेर २ विकेट लिइन्। सुनम विष्ट र लक्ष्मी साउदले समान २, २ दुई विकेट लिए। यसैगरी कविता जोशीले ३ ओभरमा २ मेडन सहित १ मात्र रन खर्चेर १ विकेट लिइन्।

प्रतियोगितामा प्लेयर अफ द म्याच कविता कुवँर बन्न सफल भइन्। 

बर्षाले खेल स्थगित

आइतबारको दोस्रो खेल भने बर्षाका कारण स्थगित भएको छ।  बर्षाले खेल स्थगित भएपछि एपीएफ र गण्डकी प्रदेशले १, १ अंक बाडेको प्रतियोगिताका प्राविधिक प्रमुख बिनय कुमार झा ले बताए।

प्रकाशित: ८ असार २०७६ १५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App