७ वैशाख २०८१ शुक्रबार
राजनीति

मन्त्रीलाई कसले देखायो प्रलोभन? को आयो सिंहदरबारमै पैसा बोकेर?

काठमाडौं– सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बागमती करिडोरको जग्गाको मुआब्जा दिन भू–माफियाहरुले आर्थिक प्रलोभन दिएको खुलासा गरेका छन्।

आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले बागमतीको जग्गाको मुआब्जा दिन भू–माफियाहरु दुई पटक मन्त्रालयमा नै आएर आर्थिक प्रलोभन देखाएको खुलासा गरेका हुन्।

मन्त्री राईले आर्थिक प्रलोभन दिने व्यक्ति को हो भन्ने खुलाएनन्। उनले भू–माफियाहरु सहित निर्वाचित जनप्रतिनिधिहरुले समेत निर्णय सदर गरिदिनु भन्दै आएको बताएका हुन्।

मन्त्री राईले कानूनी जटिलताका कारण बागमती मुआब्जा दिन नसकेको पनि बताए। उनले मुआब्जा दिनुपर्ने भनिएको ६ सय १४ रोपनी जग्गामध्ये ४ सय २६ रोपनीको मुआब्जा वितरण भइसकेको तर १ सय ८८ रोपनी जग्गाको मुआब्जा दिन कानूनी जटिलता रहेको बताए।

प्रकाशित: ८ असार २०७६ १३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App