शेयर बजार दश अङ्कले घट्यो

आइतबार, ०८ असार २०७६, १९ : ०१ नागरिक

काठमाडाैं–  लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ। आज नेप्से १० दशमलव ०१ अङ्कले घटेर एक हजार २५४ दशमलव ३५ बिन्दुमा ओर्लिएको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ०१ अङ्कले घटी २६९ दशमलव ६० बिन्दुमा पुगेको छ। नेप्से परिसूचक ओरालो लागेसँगै कारोवार रकमसमेत घटेको छ। कूल १७२ कम्पनीको १५ लाख ७५ हजार ३४० कित्ता शेयर ४८ करोड १८ लाख ५९ हजार रुपैयाँमा खरीद–बिक्री भए।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये तीन उप–समूहको शेयर वृद्धि भएको छ भने आठ उप–समूहको शेयर घटेको छ। विकास बैंक १ दशमलव ५१, वित्त शून्य दशमलव ०४ र सामूहिक लगानी कोष शून्य दशमलव ०३ अङ्कले बढेको छ। यस्तै बैंकिङ ६ दशमलव ९२, होटल १४ दशमलव ६८, जलविद्युत् १३ दशमलव ३३, जीवन बीमा ८५ दशमलव २७, उत्पादन २९ दशमलव १, अन्य ७ दशमलव ९६, लघुवित्त १५ दशमलव ०५ र जीवन बीमा ७३ दशमलव ८८ अङ्कले घटेको छ।

स्टकका अनुसार आज कारोवारका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा छ। सो बैंकको चार करोड १० लाख एक हजार ३७५ रुपैयाँ मूल्यमा शेयर खरीद बिक्री भए। यस्तै डिप्रोक्स लघुवित्त वित्तीय संस्था दुई करोड ३२ लाख ७७ हजार रुपैयाँ, चिलिमे जलविद्युत् कम्पनी दुई करोड २८ लाख ६३ हजार रुपैयाँ, सिभिल बैंकको संस्थापक शेयर दुई करोड २३ लाख ८५ हजार रुपैयाँ, नेपाल बैंक दुई करोड २३ लाख ३७ हजार रुपैयाँ र नेपाल इन्भेस्टमेण्ट बैंकको संस्थापक शेयर एक करोड ९७ लाख १० हजार रुपैयाँ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ।

घटेको बजारमा गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ९३ प्रतिशतले कमाए। त्यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ९ दशमलव ८२, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ८ दशमलव ५९, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४ दशमलव ९८, मितेरी डेभलपमेण्ट बैंक २ दशमलव ७८ र सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १ दशमलव ९७ प्रतिशतले कमाए। स्टकका अनुसार स्वदेशी लघुवित्त वित्तीय संस्था ६ दशमलव ५५, शिखर इन्सुरेन्स कम्पनी ६ दशमलव ४५, सिभिल बैंक लिमिटेडको संस्थापक शेयर ५ दशमलव १२, नयाँ नेपाल लघुवित्त विकास बैंक ५ प्रतिशत र पाँचथर पावर कम्पनीका शेयरधनीले ४ दशमलव ७९ प्रतिशतले गुमाए। रासस







यसमा तपाईको मत

अन्य समाचार

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

Ncell Footer Ad