coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लोकसेवाको विवाद बुधबारका लागि सर्‍यो

काठमाडौं– सर्वोच्च अदालतमा दर्ता भएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादका चार वटा रिट निवेदनमाथि आजबाट सुनुवाइ शुरु गरिएको छ। न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा. ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आजदेखि सुनुवाइ शुरु गरिएको हो। बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा बुधबारका लागि तय भएको छ। 

यसअघि न्यायाधीशद्वय कार्की र डा खतिवडाको इजलासले यही असार ४ गते आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी सबै विवाद एउटै इजलासमा सुनुवाइ गर्ने आदेश जारी गरेको थियो। आयोगले स्थानीय तहमा विभिन्न पदका लागि गरेको विज्ञापनका विषयमा सर्वोच्चमा परेका चारवटै विवादलाई एकै ठाउँमा राखेर सुनुवाइ गरेको हो।

आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै नौ हजार १६१ सिटका लागि गरेको विज्ञापनविरुद्ध चार वटा रिट निवेदन सर्वोच्च अदालतमा परेका थिए। विज्ञापन समावेशी सिद्धान्त विपरीत भएको रिट निवेदनमा उल्लेख थियो। रासस

प्रकाशित: ८ असार २०७६ १३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App