६ वैशाख २०८१ बिहीबार
अर्थ

कञ्चनपुरका ६०० बढी किसानले बाली बिमा गराए

कञ्चनपुर–  जाेखिम न्यूनीकरण गरी लगानी सुनिश्चित गर्नका लागि कञ्चनपुरका ६०० बढी किसानले बाली बिमा गराएका छन्।

जलवायु परिवर्तनका असरले भइरहेको नोक्सानी कम गर्न, जङ्गली जनावरले पु¥याउने हानी र अन्य आकस्मिक कारणले हुने नोक्सानीको जोखिम घटाउनका लागि यहाँका किसान बाली बिमा गराउन थालेका हुन्।

कृषि विकास कार्यालय कञ्चनपुरका अनुसार चालु आवको हालसम्म केराखेतीमा १२८, उखु खेतीमा ४२६, चैते धान खेतीमा ८४ र माछामा चार जना किसानले बिमा गराएका छन् ।

केरामा रु दुई करोड २९ लाख ९६ हजार, उखुमा रु १८ लाख ३९ हजार २००, चैतै धानमा रु २३ लाख ९९ हजार र माछामा रु ८३ लाख ६० हजार गरी कुल रु तीन करोड ५५ लाख ९७ हजार २०० बराबरको बिमा गरिएको कृषि विकास कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले बताउनुभयो । बिमा गरिएको रकममध्ये २५ प्रतिशत कृषकले र ७५ प्रतिशत रकम सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित: १४ कार्तिक २०७३ ०७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App