८ वैशाख २०८१ शनिबार
खेल

विराट कोहलीलाई आईसीसीको जरिवाना

लण्डन– एकदिवसीय विश्वकपमा शनिवार भारत र अफगानिस्तानको खेलमा रेफ्रीसँग अभद्र व्यवाहार गरेको भन्दै आईसीसीले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई म्याच फीको २५ प्रतिशत जरिवाना गराएको छ।

शनिबार भएको भारत र अफगानिस्तानको रोमाञ्चक खेलमा कोहलीले अम्पायरसँग बारम्बार अपिल गर्नुको साथै बहससमेत गरेका थिए।

आईसीसीले आइतबार एक वयान जारी गर्दै यसको पुस्टी गरेको हो। आईसीसीका अनुसार कोहलीलाई नियम उल्लंघनको लेवल १ को दोषी ठहर गरेको हो। यसको साथै कोहोलीले १ डिमेरिड अंक पनि पाएका छन्। २०१६ मा रिवाइज्ड एक्ट लागु भएपछिको यो कोहलीको दोश्रो डिमेरिड अंक हो। यसअघि उनले जनवरी २०१८ मा दक्षिण अफ्रिका विरुद्धको खेलमा पनि १ डिमेरिड अंक पाएका थिए। 

आईसीसीको अनुसार कोहलीले २९ औं ओभरमा आक्रामक र गलत तरिकाले एबीडब्लु अपिल गरेका थिए।

प्रकाशित: ८ असार २०७६ १०:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App