बलात्कारका घटनामा प्रहरीदेखि आफन्तसम्म संलग्न

आइतबार, ०८ असार २०७६, १४ : ४७ नागरिक

दाङ – पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा घोराही उपमहानगरपालिका–२ का १८ वर्षीय मुकेश विक अहिले कैदमा छन्। दाङ देउखुरी जिल्ला अदालतले वैशाख २८ गते दोषी ठहर गर्दै विकलाई १६ वर्ष कैद र पीडितलाई ५० हजार क्षतिपूर्ति उपलब्ध गराउन फैसला गर्‍यो।

यस्तै १० वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा तुलसीपुरका ५५ वर्षीय हजुरबुबा पर्ने व्यक्तिलाई उक्त अदालतले ६ महिना कैद, दुई हजार जरिवाना र पीडितलाई पाँच हजार क्षतिपूर्ति उपलब्ध गराउने फैसला गर्‍यो। जिल्लामा बलात्कार र बलात्कारका प्रयासका घटना बढ्नाका साथै यस्ता घटनामा संलग्नमध्ये अधिकांश पक्राउ परेका छन् भने केही व्यक्ति फरारको सूचीमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमले बताए।

२८ वर्षीया महिलालाई तुलसीपुर उपमहानगरपालिका–११ का महेश भनिने भूवन धिताललाई गत चैत १३ गते बलात्कारको अभियोगमा प्रहरीले पक्राउ गर्‍यो। अहिले ती व्यक्ति जबर्जस्ती करणीसम्बन्धी मुद्दामा पुर्पक्षमा छन्। सोही अपराधमा घोराही उपमहानगरपालिका–१४ का ४४ वर्षीय ऋषिराम आचार्य पनि पुर्पक्षमा छन्। ११ वर्षीया बालिकालाई पढाउने, लेखाउने बहानामा ६ महिनादेखि बलात्कार गरेको उनीमाथि अभियोग छ। यसै गरी ११ वर्षीया बालिकालाई सल्यानबाट दाङ ल्याएर बलात्कार गरेको अभियोग लागेका सल्यानका २२ वर्षीय पुरुषोत्तम दमाइँ पनि पुर्पक्षका लागि कारागारमा छन्।

बितेको ६ महिनामा दाङमा ४२ बलात्कार तथा बलात्कार प्रयासका घटना दर्ता भएको छ। यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा बढी हो। अघिल्लो आर्थिक वर्ष ५१ बलात्कार तथा बलात्कारका प्रयासका घटना भएका थिए। ४२ बलात्कार तथा बलात्कार प्रयासका घटनामा पीडित ४३ मध्ये २६ पाँच वर्षदेखि १७ वर्षसम्मका बालिका रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङ शाखा प्रतिनिधि जेएन सागरले बताए।

बलात्कार तथा बलात्कारका प्रयासका घटनामध्ये १५ देखि २० प्रतिशत घटनाको अन्तिम फैसला भइसकेको अदालतले जनाएको छ। उक्त अदालतका न्यायाधीश हेमन्त रावलले पीडितलाई समयमा न्याय दिन नसकिए न्याय दिनु नदिनु सरह हुन जाने बताए।

बलात्कारका घटनामा प्रहरी, शिक्षक, परिवारका सदस्य (हजुरबुबा, भिजानु र ससुरा) संलग्न भएको पाइन्छ।  तुलसीपुर बसपार्कमा कार्यरत प्रहरी हवल्दार ३६ वर्षीय मानबहादुर गुरुङमाथि एक ३१ वर्षीया महिलालाई बलात्कार गरेको अभियोग लागेको छ भने बबई गाउँपालिकाका एक प्रौढमाथि आफ्नै बुहारीलाई बलात्कार गरेको अभियोग छ।

समाजमा सचेतना र जागरण बढेपछि यौन हिंसा बाहिर आउन थालेको महिलाअधिकारकर्मी बताउँछन्। ‘हिजो पुरानो मान्यता थियो, पीडित आफैं दोषी हुनुपर्ने अवस्था थियो तर अब समाजमा चेतना बढेको र कानुनी ज्ञान पनि भएकाले  घटना बाहिर आउने गरेका छन्,’ महिला अधिकार रक्षक सञ्जालका केन्द्रीय सचिव लक्ष्मी आचार्यले भनिन्। रासस






यसमा तपाईको मत

अन्य समाचार

सामसङको ए२०एस नेपाली बजारमा

सामसङको ए२०एस नेपाली बजारमा

इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्रान्ड सामसङले नयाँ विशेषता भएको  ग्यालेक्सी ए२०एस बजारमा प्रस्तुत गरेको छ । ...

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जी इलेक्ट्रोनिक्सले अभिनव फ्रन्ड लोडर वासिङ मेसिनको उपलब्धता विस्तार गर्दै आएको छ । ...

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला, नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ ब्राण्डले आफ्नो यो वर्षको ठुलो प्रवर्दन क्याम्पेन “कोका–कोला क्यापमा कार” को विजेता हेटौंडाका अम्बर...

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

राउन्ड टेबल नेपालले कदम्बरी एकेडेमी, वीरगन्जका बच्चाको लागि बृहत् लैंगिक समानतासम्बन्धी कार्यशाला आयोजना गरेको छ । ...

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको छ। ...

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठौँ  वार्षिक साधारण सभा मिति २५कार्तिक २०७६(११ नोभेम्बर २०१९)मा होटेल क्राउन इम्पेरियल, काठमाडौँमा सम्पन्न गरेको...

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । ...

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

Ncell Footer Ad