७ वैशाख २०८१ शुक्रबार
समाज

न्याय माग्दै गौशाला प्रहरी वृत्त घेराउ, प्रदर्शनकारीमाथि लाठी चार्ज (फाेटाेफिचर)

तस्बीर : केशव थाेकर

काठमाडाैँ - बौद्धस्थित समता अस्पतालमा क्लिनरको रूपमा कार्यरत बिमला तामाङको शंकास्पद मृत्यु भएपछि पीड़ितका आफन्तहरूले न्याय माग्दै गौशाला प्रहरी वृत्त घेराउ गरेका छन्। बिमलाको आत्महत्या नभएर हत्या भएको भन्दै छानबिन गर्न मागसहित उनीहरुले नाराबाजी गर्दै प्रहरी वृत्त घेराउ गरेका हुन्। प्रदर्शनकारी माथी प्रहरीले लाठी चार्ज समते गरेको हो।

रामेछाप दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङ गत मंगलबार बिहान अस्पतालमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । तामाङ मृत अवस्थामा फेला परेपछि  सोही अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी सञ्जेल, कर्मचारी तीर्थकुमारी श्रेष्ठ रसंगीता केसीलाई प्रहरीले हिरासतमा लिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

मृतक बिमलाको गोजीमा तीर्थ र संगीताको नाम अंग्रेजी अक्षरमा लेखिएको कागज भेटिएको थियो । प्रहरीका अनुसार उक्त कागजमा ‘म्याम’ लेखिएको थियो ।त्यही आधारमा प्रहरीले मंगलबार नै सोधपुछको लागि हिरासतमा लिएको थियो। पीडितका आफन्तहरूले ज्यान मुद्दामा दिएको जाहेरी लिँदै उनीहरूमाथि अनुसन्धान अगाडि बढाइएको परिसरको प्रवक्ता तथा डीएसपी होविन्द्र बोगटीले बताए। महानगरीय प्रहरी वृत्त,गौशालाका अनुसार अहिले पनि पीडित र अस्पताल प्रशासनबीच छलफलको वातावरण मिलाउने काम भइरहेको छ ।

तस्बीर : केशव थाेकर
तस्बीर : केशव थाेकर
तस्बीर : केशव थाेकर
तस्बीर : केशव थाेकर
तस्बीर : केशव थाेकर
तस्बीर : केशव थाेकर
तस्बीर : केशव थाेकर
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App