७ वैशाख २०८१ शुक्रबार
प्रवास

नेप्जुमले जित्यो ‘एभरेष्ट कप’

ओस्लो (नर्वे)– गैरआवसीय नेपाली संघ (एनआरएन) नर्वेको आयोजनामा नर्वेको राजधानी ओस्लोमा शनिबार भएको एभरेष्ट कपको उपाधि नेप्जुम एमबीजेडले हात पारेको छ। 

सेमीफाइनल खेलमा एनआरएनए नर्वेसँग नेप्लिज स्टुडेन्ट कम्युनिटी इन ओस्लो (नेस्को) नर्वे र नेप्जुंगसँग योङ्ग ब्वाइज युनियनसँग खेल भएको थियो। फाइनलमा पुगेका एनआरएनए नर्वे र नेप्जुंगबीच प्रतिस्पर्धा हुँदा नेप्जुंगले जित हासिल गरेको कार्यक्रम संयोजक पवित्र बस्नेतले जानकारी दिए। उनका अनुसार नेप्जुंगको यो जीत तेस्रो पटक हो।

जित हासिल गर्ने समूहले मेडल, प्रमाणपत्र र नगद १८ हजार क्रोनर (करिब २ लाख ३४ हजार नेपाली रुपैँया) पाएका छन्। त्यसैगरी उपविजेता एनआरएनए, नर्वेले ९ हजार क्रोनर (करिब १ लाख १७ हजार नेपाली रुपैँया) पाएको हो।

त्यसैगरी बेस्ट प्लेयरको रुमा एनआरएनए नर्वेका निसान हमाल, अनुशासित टिमको रुपमा एनआरएनए डेनमार्क र ८ गोल गरेर नेप्जुंगका इभान गुरुङ हाइएस्ट स्कोरर घोषीत भएका छन्।  

एनआरएनए, नर्वेले सन् २०१३ देखि एभरेष्ट कप फुटबलको आयोजना गर्दै आएको छ। शुरुमा नर्वे स्तरीयबाट शुरु भएको यो कप हाल युरोपस्तरीय रुपमा सञ्चालन भइरहेको एनआरएन नर्वेका महासचिव राजु अर्यालले जानकारी दिए। उनका अनुसार यस पटकको युरोपस्तरीय खेलमा युके, स्वीडेन, डेनमार्क लगायतका ९ टिमको सहभागी रहेको थियो। एनआरएन नर्वे, गोर्खा युनाइटेड, नेपाली पोतुगिज समाज, नर्वे (नेपोस), नेपाल सोसाइटी इन याज (नेप्सा), योंग ब्वाइज युनियन, भिकिंग यति (स्वीडेन), नेप्जुम एमबीजेड (इङल्यान्ड) र एनआरएन डेनमार्कको सहभागिता थियो। सहभागी टिम सबै नेपाली समुदायबाट प्रतिनिधित्व रहेको एनआरएन नर्वेले जनाएको छ। एनआरएन नर्वेका अनुसार नेपाली समुदायबीचमा अन्तरसम्बन्ध सुमधुर बनाउन, युरोपमा रहेका नेपालीबीच एकता कायम गर्ने लगायतका उद्देश्यले खेल आयोजना गरिँदै आएको नर्वे एनआरएनका महासचिव अर्यालको भनाई छ। 

खेलमा युरोपमा रहेका नेपाली समुदायका विभिन्न संस्थाको प्रतिनिधिहरुको सहभागिता थियो। एनआरएनए डेनमार्कका महासचिब सुमन थापा र महिला उपाध्यक्ष सुशील हमाल र आयोजक कमिटीका अध्यक्ष संजिब कुमार थापा लगायतले मन्तब्य व्यक्त गर्दै यो खेलले सबैमा हौसला दिएको र भविष्यमा पनि यस्ता खेलहरु आयोजना गर्नुपर्ने बताएका थिए।

कार्यक्रम संयोजक पवित्र बस्नेतले खेलमा योगदान पुर्याउने सबैको उच्च कदर गर्दै धन्यवाद व्यक्त गरेका थिए।

प्रकाशित: ८ असार २०७६ ०८:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App