५ वैशाख २०८१ बुधबार
अर्थ

इन्भेस्टमेन्ट बैंकद्वारा विशेष प्रस्ताव

काठमाडौं – नेपाल इन्भेस्टमेन्ट बैंकले जेबिल्स फाइनान्स प्राप्ति गर्न विशेष प्रस्ताव पारित गरेको छ। विशेष साधारणसभामार्फत् उक्त प्रस्ताव पारित गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

जेबिल्स फाइनान्सको प्राप्तिपछि बैंकको कुल निक्षेप एक सय ४७ अर्ब रुपैयाँ र कुल कर्जा एक सय ३२ अर्ब रहने जनाइएको छ। प्राप्तिपछि पनि संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत नै रहने बैंकले जनाएको छ।

हाल बैंकले ८० शाखा, एक सय १२ एटिएम, १४ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन केन्द्र, ४९ शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिँदै आएको जनाएको छ।

 

प्रकाशित: ८ असार २०७६ ०७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App