६ वैशाख २०८१ बिहीबार
खेल

पाकिस्तानकाे सवल पक्षः मोहम्मद आमिरकाे उत्कृष्ट लय

लन्डन– जारी विश्वकपमा पाकिस्तानका लागि मोहम्मद आमिरले निकै यादगार बलिङ गरिरहेका छन्। यद्यपि, पाकिस्तानले जारी विश्वकपमा यादगार नतिजा निकाल्न नसके पनि आमिरको प्रदर्शन भने उँचो स्तरमा छ।

उनले जारी विश्वकपमा १३ विकेट लिइसकेका छन्। उनले भारतविरुद्ध उत्कृष्ट बलिङ गर्दै १० ओभरमा एक मेडनसहित ४७ रन खर्चिए। त्यस क्रममा उनले विराट कोहली, हार्दिक पाण्ड्या र महेन्द्रसिंह धोनीलाई आउट गर्दै तीन विकेट लिएका थिए। दक्षिण अफ्रिकाविरुद्ध जित दिलाउन पनि तीव्र गतिका बलर आमिरको प्रदर्शन महत्त्वपूर्ण साबित हुन सक्छ।

पाकिस्तानले पाँच खेलमध्ये एक खेलमा जित निकाल्दा तीन खेलमा हार बेहोरेको छ। श्रीलंकासँगको खेल भने वर्षाका कारण हुन सकेन। पाकिस्तानले एक मात्र जित बलियो टोली इङ्ल्यान्डविरुद्ध निकाल्दा आमिरले दुई विकेट लिएका थिए। अस्ट्रेलियाविरुद्धको चौथो खेलमा भने आमिरले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिए पनि पाकिस्तानले जित निकाल्न सकेन।

१० ओभर बलिङ गरेका आमिरले किफायती बलिङ गर्दा दुई मेडन राख्दै ३० रन मात्र खर्चिएका थिए। पहिलो खेलमा वेस्ट इन्डिजविरुद्ध पनि पाकिस्तानले खराब खेल्दा आमिरको प्रदर्शन भने लोभलाग्दो थियो। ६ ओभर मात्र बलिङ गरेका आमिरले २६ रन खर्चिंदै ३ विकेट लिएका थिए। इङ्ल्यान्डले तीन विकेट मात्र गुमाउँदा आमिरको प्रदर्शन पाकिस्तानी बलिङका लागि राहत बन्यो।

यस विश्वकपको कुल २६ ओभरमा आमिरले ४.७३ को रनरेटमा किफायती  बलिङ गर्दै आइरहेका छन्। आमिरले ५४ एकदिवसीय खेलमा ७० विकेट लिइसकेका छन्। दक्षिण अफ्रिकाविरुद्ध पनि आमिरको बलिङ यादगार बन्न सक्नेछ।

त्यसैले दक्षिण अफ्रिकी ब्याट्सम्यान आमिरको तीव्र गतिको बलिङमा सजग भएर खेल्नेछन्। यता पछिल्लो समय कमजोर ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाको ओपनिङ ब्याट्सम्यानलाई छिट्टै आउट गर्दै खेलमा पकड जमाउने आमिरको लक्ष्य हुनेछ।  
 

प्रकाशित: ८ असार २०७६ ०७:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App