coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी आक्रमणले मध्यपूर्व प्रभावित हुन्छ : इरान

तेहरान  – वासिङ्टनबाट उसको हितका लागि तेहरानविरुद्ध हुने कुनै पनि आक्रमणको प्रभाव मध्यपूर्व क्षेत्रका लागि गम्भीर हुने शनिबार इरानले चेतावनी दिएको छ।
‘इरानविरूद्ध कुनै पनि किसिमको हतियारद्वारा हमला भएमा यसले अमेरिका र उसका सहयोगी मुलुकमा पनि प्रभाव पार्नेछ,’ इरानी तासिम न्युज एजेन्सीले इरानी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल अबोलफाजल सेकार्चीलाई उद्धृत गरी लेखेको छ।

‘आज मध्यपूर्वको अवस्था इरानको लाभ बनेको छ। यदि शत्रु, खासगरी अमेरिका र यसका मध्यपूर्वस्थित सहयोगीले अमेरिकाको हितका लागि इरानमा हतियार विस्फोट गराइयो भने यसले समग्र क्षेत्रलाई नै तनावमा ल्याउनेछ,’ उनले बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार मानवरहित अमेरिकी विमानलाई तेहरानले खसालेपछि अमेरिका इरानमा आक्रमण गर्नका लागि ‘हतियारसहित तयार भइसकेको’ तर अन्तिम समयमा फिर्ता भएको भन्ने भनाइको जवाफमा इरानी सेनाको यस्तो प्रतिक्रिया आएको हो

आफ्नो आकाशमा अमेरिकाले हस्तक्षेप गरी अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेपछि विमान खसालिएको तेहरानको दाबी छ। तर अमेरिकाले भने यसलाई अस्वीकार गर्दै आएको छ।

प्रकाशित: ८ असार २०७६ ०५:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App