बेस क्याम्प नपुग्ने लियाजन अफिसरमाथि छानबिन

आइतबार, ०८ असार २०७६, ०९ : ०० भुवन शर्मा

काठमाडौं - पर्यटन विभागले बेस क्याम्प नपुगी बाटैबाटै फर्कने सम्पर्क अधिकारी ९लियोजन अफिसर० माथि छानबिन सुरु गरेको छ। पर्यटन विभागले बेस क्याम्पम नपुगी बाटोबाटै फर्केका लियाजन अफिसरहरूका बारेमा विभागले प्रारम्भिक छानबिन सुरु गरेको छ। विभागका महानिर्देशक डण्डुराज घिमिरेले बेस क्याम्प पुगेका या बाटैबाटै फर्केका कर्मचारीका बारेमा जानकारी लिने काम भइरहेको बताए। ‘उहाँहरुमध्ये कुनकुन कर्मचारी बेस क्याम्प पुग्नुभयो, कुुनकुन पुग्नु भएन। बेस क्याम्प नपुग्नु भएका कर्मचारीको हकमा के कती कारणले बेस क्याम्प जानु भएन सो सबै बुझिसकेपछि हामीले कारबाहीको प्रक्रिया अघि बढाउछौं,’ उनले भने।

बाटोमै बिरामी भएका र हेलिकोप्टरबाट उद्धार गरिएका कर्मचारीको हकमा पनि विभागले कारबाही नगर्ने भएको छ। घिमिरे भन्छन्, ‘हामीले यथार्थ बुझ्छौ। साच्चिकै बाटोमा बिरामी भएका कर्मचारीलाई किन बेस क्याम्प पुगेनौं भनेर कसरी कारबाही गर्ने रु मानवीय रूपबाट पनि कारबाही गर्न मिल्दैन।’ लियाजन अफिसर बेस क्याम्प पुग्नुअगावै बाटोमा बिरामी भए भने बाटोबाटै फर्कन पाउने व्यवस्था छ। सो व्यवस्थालाई दुरुपयोग गर्दै अधिकांश लियाजन अफिसर बिरामी भएको भन्दै बाटोबाटै फर्कन्छन्।

हिमाल आरोहण असुरक्षित बन्दै गएको समाचार आउन थालेपछि सरकारले हिमाल आरोहणलाई कसरी सुरक्षित बनाउन सकिन्छ भनी अध्ययन गरी प्रतिवेदन दिन पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययको संयोजकत्वमा एउटा समिति गठन गरिएको छ। समितिका संयोजक उपाध्ययले हिमाल आरोहणलाई सुरक्षित बनाउन लियाजन अफिसरको भूमिकालगायतका सबै विषयमा अध्ययन हुने जनाए। ६ हजार ५ सय मिटरभन्दा माथिका हिमाल आरोहरण समूहमा एक जना सरकारी कर्मचारी सम्पर्क अधिकारी ९लियोजन अफिसर०को रूपमा जानुपर्ने व्यवस्था छ। उक्त व्यवस्थाअनुसार यो मौसममा ९८ कर्मचारी लियाजन अफिसर भई आरोहण दलमा पुगे तर ती मध्ये २२ जना कर्मचारी मात्रै बेस क्पाम्प पुगे। बाँकी बिरामी भए भन्दै बेस क्पाम्पबाटै फर्के।

लियाजन अफिसर बेस क्याम्प नपुगे पनि लियाजन अफिसरले हिमाल आरोहणमा जाने समूह÷व्यक्तिलाई हिमाल आरोहण पूरा गरेको प्रमाणित गर्नुपर्ने हुन्छ। लियाजन अफिसरले प्रमाणित गरेपछि मात्रै सम्बन्धित व्यक्तिले हिमाल आरोहण गरेको कानुनी मान्यता पाउँछ। हिमाल आरोहण समूहबाट एक जना लियाजन अफिसरले २ हजारदेखि ३ हजारसम्म डलर सुविधा पाउँछन्। यसबाहेक हिमाल आरोहण गर्ने समूहले उनीहरूलाई थप सुविधा दिनेगर्छ। त्यसैले लियाजन अफिसर भई आरोहण दलमा जान सरकारी कर्मचारीहरूमा सोर्सफोर्स र पहुचँ लाग्ने गर्छ। अघिल्ला वर्षहरूमाझैं यस मौसममा पनि लियाजन अफिसरमा अवसर पाउने कर्मचारीहरूमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, अख्यियार दुरूपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालयजस्ता पहुचँवाला कार्यालयका कर्मचारी हावी छन्। यसैगरी आधिकारिक टे«ड युनियनका अध्यक्ष, महासचिव, सदस्य, सत्तारूढ कर्मचारी संगठनका अध्यक्षलगायतका पहुँचवाला कर्मचारी नेताहरू पनि लियाजन अफिसर भई हिमाल आरोहणमा पुगेका छन्।





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad