coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाल कोषका लागि ५ लाख सहयोग

काठमाडौं – बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेसनल नेपालले आपत्कालीन बाल कोष सञ्चालनका लागि चन्द्रागिरी नगरपालिकालाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ।

नगरपालिकाले तयार गरेको बाल कोष कार्यविधि २०७६ अनुसार आपत्कालीन बालकोष स्थापना र सञ्चालनका लागि नगरपालिकालाई सहयोग गरेको हो। उक्त रकमको चेक बाल विकास समाजका महासचिव काजीबाबु पाण्डेले चन्द्रागिरी नगरप्रमुख घनश्याम गिरी र उपप्रमुख लिशा नकर्मीलाई सो रकम हस्तान्तरण गरेका हुन् छन्।

चेक बुझेपछि प्रतिक्रिया दिँदै नगरप्रमुख गिरीले बालबालिकाका हितको लागि रकम सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। योे नगरपालिकाको इँटाभट्टामा कार्यरत मजदुरका बालबालिकाको संरक्षण र रेखदेखको लागि बालविकास समाज र वल्र्डभिजन भिजन इन्टरनेसनल र नगरपालिकाको साझेदारीमा बालबालिकाको उत्थानशील विकास कार्यक्रम सञ्चालन भइरहेको छ।

प्रकाशित: ८ असार २०७६ ०३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App