६ वर्षीया बालिकालाई जबरजस्ती गर्ने पक्राउ

शनिबार, ०७ असार २०७६, २१ : ५० नागरिक संवाददाता

इटहरी– इटहरी ९ मा ससुराली घरमा आएका बेला बालिकालाईं जबरजस्ती गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले सुनसरी बराहक्षेत्र वडा नं. ६ घर भएका देवेन्द्र गौतमलाई पक्राउ गरेको हो। 

यात्रुबाहक बसमा चालक काम गर्ने गौतम इटहरी ९ मा ससुराली घर आएको बेला ६ वर्षीया बालिकालाई जबरजस्ती गरेकोमा उजुरी परेको थियो। आफ्नो ससुराली घरमा डेरा गरी बस्ने बागलुङ स्थायी घर भएकी बालिकालाई आमा घरमा नभएको मौका पारेर असार २ गते गौतमले यौन दुर्व्यहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

घटनाक्रम अनुसार बालिकालाई कोही नभएको मौका पारेर गौतमले यौन दुर्व्यहार गरे पनि तत्काल परिवारले थाहा पाएनन्। असार २ गते घटना भएकोमा भोलिपल्ट बालिकाको यौन अंगमा घाउ भएको देखेर उपचार गर्न विराटनगर लगिएको थियो। उपचारका क्रममा चिकित्सकसँग बालिकाले घटनाको फेहरिस्त बताएकी हुन्। 

‘उपचार गर्न लगेपछि चिकित्सकले प्रहरीमा उजुरी गर्न सुल्झाएकाले बालिकाका आफन्त असार ५ गते आएर उजुरी दिए’, डिएसपी समिरचन्द्र खरेलले भने, ‘प्रारम्भिक अनुसन्धानमा यौन दुर्व्यहार भएको देखिन्छ। अब जबरजस्ती करणी गरेको रिपोर्ट आएपछि मात्र टुंगो लाग्छ।’ बालिकाको स्वास्थ्य परीक्षणको रिपोट आउन बाँकी  छ। पीडित बालिकाका बाबु वैदेशिक रोजगारमा रहेको र आमा पनि नभएको मौका पारेर गौतमले यौन दुर्व्यहार गरेको खुलेको हो। 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad