८ वैशाख २०८१ शनिबार
समाज

सनवेमा आइओटी प्रशिक्षण

काठमाडाैं- आधुनिक जिवनशैली सगै सूचना प्रबिधी मानिसको अभिन्न अङ्ग बनेको छ। जनमानसमा बड्दो आइ ओ टी (इन्टरनेट अफ थिङ्स) सम्बन्धी रुचिलाई मध्यनजर गर्दै सन वे कलेजले काठमाडौंमा आयोजना गरेको २ दिने आइ ओ टि प्रशिक्षण सम्पन्न भएको छ।

असार ६ र ७ गते चलेको प्रशिक्षणमा दैनिक जिवनयापन ईन्टरनेटको माध्यम द्वारा कसरी स्मार्ट बनाउन सकिन्छ भनेर सिकाइएको प्रशिक्षक भासराज पाठकले बताए। प्लस टु को परिक्षा सकेर बसेका, आइटी पढ्दै गरेका र विभिन्न पेशा ब्यवसायमा आवद्ध ५२ जना प्रशिक्षार्थी सहभागी रहेको कलेजकी अपरेसन म्यानेजर सोमाली गौतम देसाइले जानकारी दिइन्।

आइटी र बिजनेस सम्बन्धी विभिन्न प्रशिक्षण सन्चान गर्ने सन वे कलेजले मलेसियाको इन्फ्राइस्टक्चर युनिभर्सिटीको सम्बन्धनमा कम्प्युटर साइन्स र एम बि ए को अध्यापन गराउदै आएको छ।

प्रकाशित: ७ असार २०७६ १५:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App