coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप महिला क्रिकेटः प्रदेश १ काे सहज जित

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरमा जारि चौँथो प्रधानमन्त्री कप टि–२० महिला क्रिकेट प्रतियोगितामा अन्तर्गत शनिबार भएको खेलमा प्रदेश नम्बर १ विजयी भएको छ।

वर्षाका कारण प्रभावित भएकाे खेलमा टस जितेर पहिले ब्याटिङ्ग रोजेको कर्णाली प्रदेशले डीएल मेथडका आधारमा निर्धारित ५ ओभरको खेलमा २६ रन बनायो। उसका लागि मधु डिसीले १४ बलमा १० रन र मञ्जु चौधरीले १३  बलमा ६ रन जोडे। नेपाली महिला टिम तथा प्रदेश नं. १ का लागि कप्तान रहेकी रुविना क्षेत्रीले १ विकेट लिइन्।

२७ रनको लक्ष्य पछ्याउदै जवाफी व्याटिङ्गमा प्रदेश नं. १ की रुविनाले ५ बलमा ३ चौका प्रहार गर्दै १२ रन जोडिन् त्यस्तै काजाेल श्रेष्ठले ४ बलमा २ चौका सहित ११ रन प्रहार गरिन्। प्रदेश १ ले यो खेलमा १ दशमलमा ३ ओभरमा १० विकेटकाे जित हासिल ग-यो। खेलको म्यान अफ दि ओमेन रुविना भइन्।
 
 

प्रकाशित: ७ असार २०७६ १२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App