७ वैशाख २०८१ शुक्रबार
खेल

पौडी पोखरीको सफल परीक्षण

नेपालगन्जको पौडी पोखरी परीक्षणका क्रममा गरिएको प्रथम जिल्लास्तरीय पौडीमा प्रतिस्पर्धा गर्दै खेलाडी। तस्बिरः जी.थापा/नागरिक

नेपालगन्ज–नेपालगन्जमा निर्माण भएको पौडी पोखरीको परीक्षण गरिएको छ। प्रथम जिल्लास्तरीय पौडी प्रतियोगिताको उद्घाटन गर्दै पौडी पोखरीको परीक्षण गरिएको हो।

१८ करोड रूपैयाँमा निर्माण भएको उक्त पोखरी ५० मिटर लम्बाइ, २५ मिटर चौडाइ छ भने तीनदेखि पाँच फिटसम्मको गहिराइमा बनेको छ। पोखरी १० लेनको हो। २०६६ सालदेखि सुरु गरिएको उक्त योजनाको २०७४ जेठमा अन्तिम सम्झौता भएको थियो। सुनकोशी ड्रागन वर्डवाइड जेभी काठमाडौंले निर्माण जिम्मा लिएको थियो।

१५ सय दर्शक अटाउन सक्ने क्षमताको प्यारापिटसमेत निर्माण भएको प्रदेश खेलकुद परिषद् प्रदेश ५ का अध्यक्ष भीम ओलीले जानकारी दिए। उनका अनुसार यहाँ २० वटा स्टार्टिङ ब्लक, ९ वटा लेन रोप, पाँचवटा फिल्टर प्लान्ट जसको एउटा १७ हजार लिटर प्रतिमिनेट क्षमतासहितका पूर्वाधार निर्माण भएका छन्।

त्यस्तै ६ इन्च दुई सय ५० मिटर गहिरो बोरिङ, दुई लाख ब्यालेन्स एउटा टंकी, दुई लाख ५० हजार लिटर रिजर्व टंकी एउटा, चेन्जिङ ब्लक एक, क्यान्टिन ब्लक एक, टिकट घर एक, पार्किङ, कम्पाउण्ड वाल र ल्याण्ड स्केपिङ कार्य निर्माण गरिएको छ।

सफल परीक्षण भएकाले अबको केही दिनमै पौडी पोखरीको उद्घाटन गरिने अध्यक्ष ओलीले बताए। उक्त पूर्वाधारले जिल्लाका खेलाडीलाई सहज हुने अपेक्षा गरिएको छ। 

परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले यो संरचनाले यहाँको खेल क्षेत्रलाई महत्वपूर्ण सहयोग गर्ने बताए। उनले यसले अझ यहाँ खेलाडी उत्पादन गर्ने उनको विश्वास व्यक्त गरे। 


 

प्रकाशित: ७ असार २०७६ १२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App