५ वैशाख २०८१ बुधबार
राजनीति

'राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ'

काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका छन्।

काठमाडौमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  नेता नेपालले जनअपेक्षा अनुसार काम गर्न सकियो/सकिएन भनि राजनीतिक नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने समय आएको बताएका हुन। उनले गरीबी, अभाव, वेरोजगारी, विकृति, विसंगतीको अन्त्य गर्दे सुखी नेपाली समृद्ध नेपालको चाहाना पुरा गर्नका लागि कार्य प्रगतीको समीक्षा र वहसको आवश्यकता औल्याए। आर्थिक सम्मृद्धिको नाराले मात्रै मुलुक र मुलुकबासीको चाहाना र अपेक्षा पुरा हुन नसक्ने भन्दै उनले समाजले चाहेको आवश्यकालाई नेतृत्वले बुझ्न सक्नुपर्ने बताए।

उनले भने 'आत्मसमीक्षा गर्नुपर्ने छ। साँच्चै जनताले आशा अपेक्षा गरे बमोजिम, सबैले हामी संग माग गरे बमोजिम हामीले आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न सकिरहेका छौ? यदि सकिरहेका छैनौ भने कसरी सकिन्छ त? आत्मचिन्तनको खाँचो छ। आत्मनिरीक्षण र आत्मपरीक्षाको खाँचो पनि ।'

पुर्व प्रधानमन्त्री नेपालले जनचाहाना पुरा गर्नका लागि राजनीतिक नेतृत्वले आफ्नो आचरण, बानीव्यवाहार र संस्कारमा पनि परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याए

प्रकाशित: ७ असार २०७६ ११:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App