उपमहानगरले डाेजर लगाएर १६ परिवार घरबारविहीन

शनिबार, ०७ असार २०७६, १३ : १५ नागरिक

भैरहवा–डोजर लगाई घरविहीन बनाएकोमा रुपन्देहीका तीन संस्थाले प्रेस विज्ञप्तिमार्फत् ध्यानाकर्षण गराएका छन्। बुटवल उपमहानगरपालिका–१ मा २०२८ सालदेखि घरटहरा बनाई स्थायी रुपमा बसोबास गर्दै आएका करिब १६ घरटहरामा बुटवल उपमहानगरपालिकाले डोजर लगाई घरबिहीन बनाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

एड्भोकेसी फोरमका संयोजक शिव गौडेल, थर्ड एलायन्स प्रदेश ५ संयोजक अग्निशक्ति यादव र नेपाल बालकल्याण संस्था, रुपन्देहीका महासचिव दिलिपकुमार मल्लिकले संयुक्तरूपमा प्रेस विज्ञप्ति जारी गरेका हुन्। पीडितहरुले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निषेधाज्ञासहित उत्पे्रषण परमादेशको मुद्दा दर्ता गरेकोमा उक्त मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा गत जेठ ३० गते बल प्रयोग गरी बिना कुनै पूर्वजानकारी अचानक डोजर लगाई घरटहरा भत्काएर घरविहीन बनाउने कार्य निन्दनीय भएको उनीहरूको भनाइ छ।

२०७३ असार १५ गते बुटवल उपमहानगरपालिकाको बोर्ड बैठकको निर्णय भएको हवाला दिँदै २०७६ वैशाख १५ गते उक्त जग्गा श्री ३ बडा महारानीको नाममा रहेको भन्दै ३५ दिनभित्र जग्गा खाली गर्न भनी सूचना टाँस गरेको थियो। २०२८ देखि उक्त जग्गामा बस्दै आएका भूमिहीन तथा सुकुम्बासी नेपाली नागरिक घरवारविहीन बन्न पुग्ने अवस्था देखेपछि उनीहरूले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निषेधाज्ञासहित उत्पे्रषण परमादेशको मुद्दा दर्ता गरेका थिए। उक्त मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा उपमहानगरपालिकाले डोजर लगाएपछि पीडितहरू खुला आकासमुनि बस्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ। 






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad