coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

साङ्लो लगाउनेलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडाैँ - सांसद रेशम चौधरीलाई उपचारका क्रममा पनि साङ्लोले बाँधिएकोतस्बिर विभिन्न सांचारमाध्यमसहित समाजिक संजालमा सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएका छन्।

बीर अस्पतालको शैयामा उपचाररत सांसद चौधरीको अवस्थाबारेविभिन्न स्रोतबात जानकारी पाएपछि प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई टेलिफोन गरी साङ्लो हटाउन निर्देशन दिएका छन्। साथै उनले चौधरीलाई साङ्लो लगाउन संलग्न रहेकालाई तत्कालै कारबाही गर्न निर्देशन समेत दिए।

टिकापुर घटनामा दोसी ठहर जन्कैद सजाय पाएका राजपा नेपालका साँसद जेलमा रहेकै बेला अचानक स्वास्थ्य विग्रेपछि अस्पताल भर्ना भएका हुन् । फोक्सो र वोनम्यारोमा समस्या देखिएपछि उनी वीर अस्पताल इमरजेन्सी कक्षमा भर्ना भएका हुन् ।

बुधवार अस्पताल भर्ना भएका चौधरीलाई सुरक्षाको कारण देखाउँदै प्रहरीले नेल लगाएको हो। चौधरीलाई भेटन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई शुक्रबार अस्पताल पुगेका थिए भने स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र चौधरी बिहीबार अस्पताल पुगेका थिए।  त्यस्तै उनका समर्थकहरु पनि भेट्न पुगेका थिए।

प्रकाशित: ७ असार २०७६ ०७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App