coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

सुकेटार विमानस्थलको स्तरवृद्धि गरिँदै

सुकेटार विमानास्थल। फाइल तस्बिर

ताप्लेजुङ– करिब १६ करोड रुपैयाँ खर्च गरेर ताप्लेजुङस्थित सुकेटार विमानस्थलको स्तरवृद्धि तथा नयाँ संरचना थप गरिने भएको छ। 

कालोपत्रे (पिच) गरेको चार वर्षपछि विमानस्थलको स्तरवृद्धि तथा विमानस्थल क्षेत्रमा यात्रु प्रतीक्षालयसहितका नयाँ संरचना थप गर्न लागिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण, इन्जिनियरिङ विभागले शुक्रबार ३५ दिने सूचना जारी गर्दै सुकेटार विमानस्थलको स्तरवृद्धि तथा नयाँ संरचना थपका लागि बोलपत्र आह्वान गरेको छ। 

प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले निर्वाचनताका जारी गरेको घोषणा–पत्रमा सुकेटार विमानस्थलको स्तरोन्नतिसहितका कार्यक्रम समावेश थिए। सांसद भट्टराईका स्वकीय सचिव प्रेम गुरागार्इले अहिले कायम रहेको संरचनामा व्यापक थप गर्ने तथा धावनमार्ग वृद्धि र त्यसको स्तरसमेतमा वृद्धि गर्ने योजना अहिलेको ठेक्कामा समावेश भएको जानकारी दिए। थपिने संरचनाभित्र यात्रु प्रतीक्षालयदेखि सुरक्षा जाँचका लागि व्यवस्थित कक्षको निर्माणसहितका कार्यक्रम समावेश भएका छन्। 

विमानस्थलको हाल भएको धावन मार्गको लम्बाइ ७ सय मिटरबाट बढाएर ९ सय मिटर बनाउने गरी सर्वेको गरेको नागरिक उड्डयन प्राधिकरणले सर्वेको सबै नतिजा आएपछि निर्माण कार्यका लागि बोलपत्र आह्वान गरेको छ। 

२०२८ सालमा स्थानीयको पहलमा निर्माण भएको सुकेटार विमानस्थल ४४ वर्षपछि आर्थिक वर्ष २०७०÷७१ मा कालोपत्रे भएको थियो। ७ सय मिटर लम्बाइ र २० मिटर चौडाइ भएको विमानस्थल कालोपत्रे गरिएको थियो भने नयाँ आर्थिक वर्ष २०७६÷०७७ बाट धावनमार्ग स्तरवृद्धिको कार्य गरिने भएको हो। हाल कायम रहेको धावन मार्गको लम्बाइबाट २ सय मिटर थप गरी ९ सय मिटर पु-याउनेगरी भएको टुवोग्राफिक सर्वेको कार्य अनुसार उक्त दूरी बराबर विमानस्थल कालोपत्रे भएमा दुवैतिरबाट विमान अवतरण गराउन मिल्ने प्राविधिक अध्ययनबाट देखिएको छ। विमानस्थलको दुवैतिरबाट विमान (जहाज) अवतरण गराउन मिल्ने भएपछि जुनसुकै समय उडान सञ्चालन गर्न सकिने समेत अध्ययनको निष्कर्ष छ। 

प्रकाशित: ७ असार २०७६ ०६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App