पुस्तक

संयुक्त लेखनको नमुना

शनिबार, ०७ असार २०७६, १२ : ०३ नागरिक

सनत सापकोटा
संयुक्त लेखन परम्परालाई निरन्तरता दिँदै साहित्यकारद्वय परशु प्रधान र गोविन्द गिरी प्रेरणाले संयुक्त उपन्यास सार्वजनिक गरेका छन्, ‘विसर्ग’। करिब ५ दशकअघि संयुक्त लेखनमा प्रकाशित उपन्यास ‘आकाश विभाजित छ’को निरन्तरताको रूपमा विर्सगलाई लिन सकिन्छ। केही समयदेखि सुस्ताएको संयुक्त लेखन परम्परालाई साहित्यकारद्वयले पुनः ब्युँताउने प्रयास गरेका छन्।

पाठक एउटा कल्पना गर्छ, कथा अर्कैतिर मोडिन्छ। अर्थात् कथामा ‘ट्विस्ट’ आइदिन्छ। र, यो उपन्यासभरि बारम्बार भइरहन्छ।

संयुक्त लेखन सजिलो विषय होइन। किनकि आफैंले सिर्जना गरेका पात्र र परिवेशलाई लिपिबद्ध गर्न त चुनौतीपूर्ण हुन्छ भने अर्काको पात्र र परिवेशमा न्याय गर्नु चुनौतीको पराकाष्ठा नै हो। संयुक्त लेखन भनेको दुई वा दुईभन्दा बढी लेखकहरू एकाकार हुनु हो। यो एकीकृत सिर्जनाले पाठकलाई पनि एकाकार गराउन सक्नु यसको चुनौती हो। यो चुनौती दुवै लेखकका लागि स्वीकार्य बनेको छ, विसर्गमा।

विसर्गको कथा सामान्य छ। उपन्यासको आकार पनि सानै छ। पात्रहरू पनि सीमित छन्। कथावस्तु पनि झिनो छ। तर यसका घुम्ती र मोड अनेक छन्। कथा कौतुकपूर्ण छ। निजामती सेवामा सुब्बाको जागिरे जीवनबाट सुरु भएको कथाले उसकै वरिपरिको परिवेश समेटेको छ।

उसको कर्मचारी जीवन र उसको व्यक्तिगत जीवनसँग जे जति पात्र र परिवेश जोडिन आए तिनैको कथा हो, यो। ओखलढुंगाको कथा नायक सन्तोष शर्माले जागिरे जीवनको सुरुवात भोजपुरबाट गर्छ। केही समयपछि मन्त्रालयमा सरुवा भएर ऊ काठमाडौं आउँछ। अविवाहित कथानायकको जीवनमा तीन जना युवती जोडिन आउँछन्। भोजपुरमा रमा, काठमाडौंमा रीना र सीमा जोडिन आए। तर, न ती उसले चाहेर जोडिन आएका हुन्। न उसले नचाहेर ती उसको जीवनबाट पाखा नै लागेका छन्। न देखेकी, न सोचेकी न भोगेकी ओखलढुंगाकी रमा अन्ततः उसको जीवनमा आएकी छ। उसले सोचेजस्तो र चाहेजस्तो उपन्यासमा केही पनि भएको छैन।

इमानदार कर्मचारीका रूपमा चिनिएको कथानायक सहर पुगेपछि बदलिन्छ। उसको व्यवहारमा, उसको सोचमा अकस्मात परिवर्तन आउँछ। तर, कसरी ? त्यसका लागि त उपन्यास नै पढ्नु पर्छ। किनकि कथानायकको जीवनमा आउने मोडहरू उसले सोचेजसरी मात्र होइन कि पाठकले कल्पना गरे जसरी पनि आउँदैनन्। कथामा निकै ‘ट्विस्ट’ छ।  कथा पढ्दै जाँदा पाठकले दिमागमा कथाको एउटा खाका पनि बनाउँदै गएको हुन्छ तर ती कथा पाठकको कल्पनासँग कतै मेल खाँदैनन्। पाठक एउटा कल्पना गर्छ, कथा अर्कैतिर मोडिन्छ। अर्थात् कथामा ‘ट्विस्ट’ आइदिन्छ। र, यो उपन्यासभरि बारम्बार भइरहन्छ।

पात्र निमित्त पात्र मात्र बन्छ उपन्यासभरि। उपन्यास न पात्रले चाहेजसरी अघि बढ्छ, न पाठकले। पात्र इमानदार बन्न चाहन्छ, परिवेश बेइमान। पात्र सरल बन्न चाहन्छ, परिस्थिति जटिल। ऊ एउटी केटीलाई मनमा राख्छ, परिस्थितिले अर्कैलाई उसको नजिक ल्याइदिन्छ। पात्र गलत कामबाट आफूलाई असम्पृक्त राख्न खोज्छ तर परिस्थिति त्यसको ठीक विपरीत भइदिन्छ। यो उपन्यासको सबभन्दा सबल पक्ष हो घटनाहरूको आकस्मिकता। एकै बसाइमा सकिने उपन्यासको भाषा पनि सरल र मिठासपूर्ण छ।

उपन्यासमा अरू पनि थुप्रै विषय छन्। त्यहाँ यौन छ। भ्रष्टाचार छ। भ्रष्टाचारका पनि अनेक रूप छन्। उपहारका नाममा भ्रष्टाचार भएका सन्दर्भ छन्। मन्त्रीदेखि सरकारी कर्मचारीसम्मको भ्रष्ट मानसिकता छ। आर्थिक मात्र होइन, नैतिक र सामाजिक भ्रष्टाचारका कथा छन्। पिछडिएको मानसिकतामा बाँचेको समाज छ। त्यो मानसिकताबाट ग्रसित मानिस छन्।

उपन्यासको सुरुवात सामान्य ढंगबाट भएको छ र अन्त्य पनि सामान्य नै। तर, उपन्यासको बनोट सामान्य छैन। निकै उहापोह छ यसभित्र। उपन्यास सुरु गर्दा पाठकीय धैर्य चाहिन्छ। तर, अन्त्य पत्तै नपाई भइसक्छ। किनकि ‘अब के हुन्छ ?’ को कौतुहल र ‘अब यसो होला’ को अड्कलले पाठकलाई बाँधिराख्छ। तर, जब घटनामा आकस्मिक परिवर्तन आउँछ तब पाठक नयाँ कुतुहलका साथ पठनलाई निरन्तरता दिन थाल्छ।

उपन्यासको सुरुवाती कथा केही शुष्क र निरसजस्तो लागे पनि कथाको मध्य र अन्त्यले पाठकलाई निराश बन्न दिँदैन। सुरुमा एकजना इमान्दार कर्मचारीले भोग्नुपर्ने नियतिको निरस कथामा उपन्यास जेलिएको हुनसक्ने आशंकाले पाठकलाई पिरोले पनि कथानक नितान्त भिन्न तरिकाले अगाडि बढ्छ। उपन्यासभरि पाठक रोमाञ्चित भइरहन्छ।

उपन्यास पढिरहँदा हरियाली पहाडको नागबेली सडकमा यात्रा गरिरहेको अनुभूति हुन्छ। उपन्यासमा पाठक यात्रु हुन् भने लेखकद्वय ड्राइभर। यात्रामा आउने स–साना घुम्ती र मोडहरूले पाठकलाई कतै सतर्क त कतै रोमाञ्चक बनाउँछन्। तर, त्यो कठिन नागबेली सडकमा यात्रु लिएर हिँड्ने ड्राइभरहरू सचेत छन्। त्यसैले कुनै दुर्घटनाबिना पाठकलाई निश्चिन्त यात्राको आनन्द उठाउने मौका दिन्छन्। 

संयुक्त लेखन परम्परालाई निरन्तरता दिँदै साहित्यकारद्वय परशु प्रधान र गोविन्द गिरी प्रेरणाले संयुक्त उपन्यास सार्वजनिक गरेका छन्, ‘विसर्ग’। करिब ५ दशकअघि संयुक्त लेखनमा प्रकाशित उपन्यास ‘आकाश विभाजित छ’को निरन्तरताको रूपमा विर्सगलाई लिन सकिन्छ। केही समयदेखि सुस्ताएको संयुक्त लेखन परम्परालाई साहित्यकारद्वयले पुनः ब्युँताउने प्रयास गरेका छन्।

संयुक्त लेखन सजिलो विषय होइन। किनकि आफैंले सिर्जना गरेका पात्र र परिवेशलाई लिपिबद्ध गर्न त चुनौतीपूर्ण हुन्छ भने अर्काको पात्र र परिवेशमा न्याय गर्नु चुनौतीको पराकाष्ठा नै हो। संयुक्त लेखन भनेको दुई वा दुईभन्दा बढी लेखकहरू एकाकार हुनु हो। यो एकीकृत सिर्जनाले पाठकलाई पनि एकाकार गराउन सक्नु यसको चुनौती हो। यो चुनौती दुवै लेखकका लागि स्वीकार्य बनेको छ, विसर्गमा।

विसर्गको कथा सामान्य छ। उपन्यासको आकार पनि सानै छ। पात्रहरू पनि सीमित छन्। कथावस्तु पनि झिनो छ। तर यसका घुम्ती र मोड अनेक छन्। कथा कौतुकपूर्ण छ। निजामती सेवामा सुब्बाको जागिरे जीवनबाट सुरु भएको कथाले उसकै वरिपरिको परिवेश समेटेको छ। उसको कर्मचारी जीवन र उसको व्यक्तिगत जीवनसँग जे जति पात्र र परिवेश जोडिन आए तिनैको कथा हो, यो। ओखलढुंगाको कथा नायक सन्तोष शर्माले जागिरे जीवनको सुरुवात भोजपुरबाट गर्छ। केही समयपछि मन्त्रालयमा सरुवा भएर ऊ काठमाडौं आउँछ। अविवाहित कथानायकको जीवनमा तीन जना युवती जोडिन आउँछन्। भोजपुरमा रमा, काठमाडौंमा रीना र सीमा जोडिन आए। तर, न ती उसले चाहेर जोडिन आएका हुन्। न उसले नचाहेर ती उसको जीवनबाट पाखा नै लागेका छन्। न देखेकी, न सोचेकी न भोगेकी ओखलढुंगाकी रमा अन्ततः उसको जीवनमा आएकी छ। उसले सोचेजस्तो र चाहेजस्तो उपन्यासमा केही पनि भएको छैन।

इमानदार कर्मचारीका रूपमा चिनिएको कथानायक सहर पुगेपछि बदलिन्छ। उसको व्यवहारमा, उसको सोचमा अकस्मात परिवर्तन आउँछ। तर, कसरी ? त्यसका लागि त उपन्यास नै पढ्नु पर्छ। किनकि कथानायकको जीवनमा आउने मोडहरू उसले सोचेजसरी मात्र होइन कि पाठकले कल्पना गरे जसरी पनि आउँदैनन्। कथामा निकै ‘ट्विस्ट’ छ।  कथा पढ्दै जाँदा पाठकले दिमागमा कथाको एउटा खाका पनि बनाउँदै गएको हुन्छ तर ती कथा पाठकको कल्पनासँग कतै मेल खाँदैनन्। पाठक एउटा कल्पना गर्छ, कथा अर्कैतिर मोडिन्छ। अर्थात् कथामा ‘ट्विस्ट’ आइदिन्छ। र, यो उपन्यासभरि बारम्बार भइरहन्छ।

पात्र निमित्त पात्र मात्र बन्छ उपन्यासभरि। उपन्यास न पात्रले चाहेजसरी अघि बढ्छ, न पाठकले। पात्र इमानदार बन्न चाहन्छ, परिवेश बेइमान। पात्र सरल बन्न चाहन्छ, परिस्थिति जटिल। ऊ एउटी केटीलाई मनमा राख्छ, परिस्थितिले अर्कैलाई उसको नजिक ल्याइदिन्छ। पात्र गलत कामबाट आफूलाई असम्पृक्त राख्न खोज्छ तर परिस्थिति त्यसको ठीक विपरीत भइदिन्छ। यो उपन्यासको सबभन्दा सबल पक्ष हो घटनाहरूको आकस्मिकता। एकै बसाइमा सकिने उपन्यासको भाषा पनि सरल र मिठासपूर्ण छ।

उपन्यासमा अरू पनि थुप्रै विषय छन्। त्यहाँ यौन छ। भ्रष्टाचार छ। भ्रष्टाचारका पनि अनेक रूप छन्। उपहारका नाममा भ्रष्टाचार भएका सन्दर्भ छन्। मन्त्रीदेखि सरकारी कर्मचारीसम्मको भ्रष्ट मानसिकता छ। आर्थिक मात्र होइन, नैतिक र सामाजिक भ्रष्टाचारका कथा छन्। पिछडिएको मानसिकतामा बाँचेको समाज छ। त्यो मानसिकताबाट ग्रसित मानिस छन्।

उपन्यासको सुरुवात सामान्य ढंगबाट भएको छ र अन्त्य पनि सामान्य नै। तर, उपन्यासको बनोट सामान्य छैन। निकै उहापोह छ यसभित्र। उपन्यास सुरु गर्दा पाठकीय धैर्य चाहिन्छ। तर, अन्त्य पत्तै नपाई भइसक्छ। किनकि ‘अब के हुन्छ ?’ को कौतुहल र ‘अब यसो होला’ को अड्कलले पाठकलाई बाँधिराख्छ। तर, जब घटनामा आकस्मिक परिवर्तन आउँछ तब पाठक नयाँ कुतुहलका साथ पठनलाई निरन्तरता दिन थाल्छ। उपन्यासको सुरुवाती कथा केही शुष्क र निरसजस्तो लागे पनि कथाको मध्य र अन्त्यले पाठकलाई निराश बन्न दिँदैन। सुरुमा एकजना इमान्दार कर्मचारीले भोग्नुपर्ने नियतिको निरस कथामा उपन्यास जेलिएको हुनसक्ने आशंकाले पाठकलाई पिरोले पनि कथानक नितान्त भिन्न तरिकाले अगाडि बढ्छ। उपन्यासभरि पाठक रोमाञ्चित भइरहन्छ।

उपन्यास पढिरहँदा हरियाली पहाडको नागबेली सडकमा यात्रा गरिरहेको अनुभूति हुन्छ। उपन्यासमा पाठक यात्रु हुन् भने लेखकद्वय ड्राइभर। यात्रामा आउने स–साना घुम्ती र मोडहरूले पाठकलाई कतै सतर्क त कतै रोमाञ्चक बनाउँछन्। तर, त्यो कठिन नागबेली सडकमा यात्रु लिएर हिँड्ने ड्राइभरहरू सचेत छन्। त्यसैले कुनै दुर्घटनाबिना पाठकलाई निश्चिन्त यात्राको आनन्द उठाउने मौका दिन्छन्।  







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad