coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

गुल्बदिनबाट लय निरन्तरताको आशा

लन्डन  – जारी विश्वकपमा अफगानिस्तानले सबैभन्दा कमजोर प्रदर्शन गरिरहेको छ। उसले पाँचै खेलको नतिजा सुम्पिँदा अंकतालिकामा खाता खोल्न सकेको छैन। पछिल्ला समय विश्व क्रिकेटमा उदीयमान राष्ट्र अफगानिस्तानको प्रदर्शन विश्वकपमा राम्रो नहुनु पनि स्वाभाविक हो। तर, पनि विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्ने टोलीबाट आशालाग्दो प्रदर्शन हुनुपर्दछ। व्यक्तिगत रूपमा पनि अफगानिस्तानका खेलाडीले आशातीत प्रदर्शन गर्न सकिरहेका छैनन्।

उसका स्टार खेलाडी रासिद खानसहित अन्य खेलाडीको प्रदर्शन राम्रो हुन सकिरहेको छैन। यद्यपि, अफगानिस्तानका कप्तान गुल्बदिन नैबले विश्वकपमा आशालाग्दो बलिङ गर्दै पाँच विकेट लिइसकेका छन्।

२८ वर्षे नैबले पाँच खेलमा एक मेडनसहित पाँच विकेट लिएका छन्। नैबले अस्ट्रेलियाविरुद्धको पहिलो खेलमा अलराउन्ड प्रदर्शन गर्दै ३६ रनको योगदान दिँदा एक विकेटसमेत लिएका थिए। सो खेलमा उनले हाल उत्कृष्ट ब्याटिङ गरिरहेका एरोन फिन्चलाई आउट गरेका थिए। श्रीलंकाविरुद्धको खेलमा भने विकेटविहीन भएका गुल्बदिनले ब्याटिङतर्पm २३ रनको योगदान दिए। न्युजिल्यान्डसँगको खेलमा पनि उनी विकेटविहीन भए। सो खेलमा भने उनले एक मेडन राखेका थिए। दक्षिण अफ्रिकाविरुद्धको खेलमा अफगानिस्तानका सबै बलर निराश बन्दा गुल्बदिनले एक मात्र विकेट दिलाए। सो क्रममा ६ ओभर बलिङ गरेका गुल्बदिनले २९ रन मात्र खर्चिए।
इङ्ल्यान्डविरुद्धको खेलमा भने अफगानिस्तानले ब्याटिङ र बलिङमा राम्रो प्रदर्शन गरेको थियो। त्यस क्रममा ओपनिङ गरेका गुल्बदिनले ब्याटिङतर्पm ३७ रनको योगदान दिए। बलिङतर्फ पनि ३ तीन लिँदै उनले अफगानी टोलीका लागि आशालाग्दो प्रदर्शन देखाए। पछिल्ला ८ खेलमा पनि तीव्र गतिका बलर गुल्बदिनले ६.०३ को रनरेटमा १५ विकेट लिएका छन्।

अफगानिस्तानले विश्वकपको छैटौं खेलअन्तर्गत भारतविरुद्ध खेल्दै छ। सो खेलमा गुल्बदिनबाट पनि अफगानिस्तानले इङ्ल्यान्डसँगको प्रदर्शन नै आशा गरेको छ। उनै गुल्बदिन भारतका ब्याट्सम्यानलाई लगातार दबाब राख्दै विकेट लिने लक्ष्यमा हुनेछन्। भारतीय ब्याट्सम्यान पनि उनको तीव्र गतिको बलिङमा सजग भएर खेल्नेछन्। उनको गल्तीमा मात्र ठूलो सट खेल्ने भारतीय ब्याट्सम्यानको योजना हुनेछ।


 

प्रकाशित: ७ असार २०७६ ०५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App