१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दरौँदी नदीमा डुबेर २ बेपत्ता, एकको मृत्यू

एक्साभेटरबाट बेपत्ताहरुको खोजी गरिँदै ।

गोरखा - पौडी खेल्ने क्रममा दरौँदी नदीमा डुबेर २ जना बेपत्ता भएका छन् भने १ महिला मृत अवस्थामा भेटिएकी छिन् । पालुङटार नगरपालिका १ मसानेपाटीकी सरिता गुरुङको शव भेटिएको हो । बेपत्ता सोही ठाउँका ११ वर्षिय अस्विन बिक र राजन श्रेष्ठका खाेजी भइरहेको छ ।

शुक्रवार दिउँसो नदीमा नुहाउने क्रममा उनीहरु डुबेको हुनसक्ने प्रहरीले जनाएको छ । गुरुङको शव शुक्रवार साँझ भेटिएको थियो तर बेपत्ता भएको जानकारी आज थाहा भएपछि खोजी सुरू गरिएको प्रहरीले जनाएको छ।

गएराती वर्षा भएकाले दरौँदीमा पानी धमिलो हुँदा उद्धार गर्न समस्या भएको छ । अहिले प्रहरीले उद्धार बेपत्ताहरुको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी भोला रावलले बताए ।

 

प्रकाशित: ७ असार २०७६ ०३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App