coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘म्याथ आर्ट’ले बनायो सजिलो गणित

प्रायः विद्यार्थीले गणितलाई कठिन विषयका रूपमा लिन्छन् । उनीहरू सूत्रहरू घोक्नु पर्ने, यसका अभ्यास गर्न गाह्रो लाग्ने, जीवनमा गणितीय समस्या उपयोग नभएको जस्ता गुनासो गर्छन् । कतिपय विद्यार्थीले गणितका हिसाबलाई नै घोकेर परीक्षाको तयारी गर्दछन् । तर बुझेर अध्ययन गरेमा गणितलाई सजिलो बनाउन सकिन्छ । यसको प्रमाण ‘म्याथ आर्ट’ले गराएको छ ।

कक्षा ४ देखि १० सम्मका विद्यार्थीको झोलामा यो विषय भेटिन्छ । यसमा गणितका समस्या कसरी हल गर्ने भनी समस्याको सामाधान मात्र हैन, गणितलाई कसरी प्रयोग गर्ने भनी सिकाइएको छ । ‘कागज काटौँ, पट्याऊँ र गणित सिकौं’ भन्ने अवधारणाबाट सिक्न सकिन्छ । प्रत्येक कक्षाको ‘म्याथ आर्ट’ विषयसँगै गणितका विभिन्न आकृित निर्माण गरिएको बक्स भेटिन्छ । जहाँ गणितीय आकार भएका वस्तु छन् । ‘म्याथ आर्र्ट’ पुस्तक सँगैको बक्समा विभिन्न गणितीय सामाग्री छन् । विद्यार्थी तिनैसँग खेल्दा तयार चित्रलाई स्मरण गर्दछन् । जसले गणितीय धारणा निर्माण गर्न र बुझेर अध्ययन गर्न सजिलो बनाउँछ  ।

जहाँ पढाइन्छ ‘म्याथ आर्ट’
काठमाडाँैको गोंगबूस्थित स्कलर्स होम एकेडेमीमा दोस्रो पिरियडको घण्टी बज्छ । म कक्षा ४ को नजिक थिएँ । हातमा कैची, पेपर लगायतको बक्स बोकेर शिक्षक कक्षाकोठामा प्रवेश गरे । शिक्षकसँगै म पनि गएर अन्तिमकोबेन्चमा बसेँ ।

श्रीया महत भन्छिन्,‘पहिले सूत्रहरू घोक्थे, अहिले आपूmले देखेको, आफैले बनाएको चित्रबाट त्यसको विशेषतासँगै धेरै कुरा सम्झिन सजिलो भएको छ ।’

शिक्षकले विद्यार्थीको अवस्थाबारे सोधे । केही विद्यार्थीले ‘फाइन सर’ भने  । धेरै विद्यार्थीचाहिँ  हतारिएको देखेँ ।  उनीहरूले  केही छिनमै झोलाबाट रंगीन पेपर, कैंची र गम निकाले  । शिक्षकले छिनभरमै पेपर काट्न थाले । शिक्षकले पेपर काट्दै, पेपरलाई मोड्दै वर्ग, आयतन हुने बक्स बनाए । विद्यार्थीले शिक्षकले जस्तै पेपर काट्दै गए र आकृृति निर्माण गरे ।

एकापसमा कुरा गर्दै विद्याथीर्ले ‘हाउहाउ’ भन्दै थिए । अंग्रेजी भाषाको माध्यमबाट पढाइ हुने भएकाले उनीहरू थोरैथोरै शब्द अंगे्रजीमै बोलिरहे । – कसरी काट्ने रे रु – मेरो अलि मिलेन । – तिम्रो कस्तो भयो रु अंग्रेजी भाषामा साथीलाई सोधिरहन्थे । विद्यार्थीले ३÷४ वटा चित्र बनाए अनि त्यसको क्षेत्रफल, आयतन कसरी निकाल्ने भन्ने चित्रकै आधारमा शिक्षकलाई बताए । 

४५ मिनेट समय सकिएको घण्टी बज्छ । शिक्षकले होमवर्क बोर्डमा घरमा बनाउने चित्रबारे लेखिदिए । उनीहरू भन्दै थिए ‘भेरी इजी’ १ शिक्षकले आपूmले बनाएका चित्र टेबुलमा राखे । विद्यार्थीले पनि आपूmले बनाएका चित्र जतनसाथ झोलामा राखे ।

शिक्षक कक्षाबाट निस्किएपछि मैले विद्यार्थीलाई सोधें, ‘गणित विषयको पढाइ सधँै यसरी नै हुन्छ रु’ उनीहरूले भने, ‘होइन, आइतबार मात्रै हो ।’ मैले फेरि सोधेँ, ‘किन एक दिन मात्रै रु’ उनीहरूले हप्ताको एक दिन मात्रै आर्ट गणित पढ्ने गरेको बताएँ । एक जना विद्यार्थीले भने, ‘यस बुकमा पेपरहरू काट्ने र त्यसलाई केके बनाउन सकिन्छ भनी सिक्छौं ।’ अर्को विद्यार्थीले थपे ,‘हामी कहिलेकाहीँ ल्याब पनि जान्छौ । त्यहाँ धेरै चित्रहरु हेर्न पाइन्छ ।’

गणित ल्याबमा अचम्म
‘गणितको ल्याबमा गयौ भन्दा घरमा आमाबुवाले अचम्म मान्दै गणितको नि ल्याब हुन्छ भन्नुहुन्छ रु’ कक्षा ९ मा पढ्ने रिया भट्टले भनिन् । बेलना, वृत्त, अर्धवृत्त, आयत, वर्ग, जियोबोर्ड जस्ता गणितीय आकारका विभिन्न ४ सयभन्दा बढी वस्तुहरू ल्याबमा छन् । ‘ल्याबमा गणितीय वस्तुहरू हेर्छौ, कसरी बनाइन्छ भनेर शिक्षकसँग छलफल गर्छौ’ कक्षा ७ मा पढ्ने ओसन उपाध्यायले भने ।

उनले थपिन्–‘ल्याबमा देखेका वस्तुलाई कक्षामा गएर त्यसबारे पढ्दा बुझ्न धेरै सजिलो हुन्छ ।’ विद्यालयले हरेक वर्ष विद्यार्थीले निर्माण गरेका गणितीय सामग्री प्रदर्शन गर्दछन् । उनीहरूका सिर्जनालाई पनि ल्याबमा सजाएर राखिन्छ । ‘अहिलेसम्म गणितको ल्याब देखेको थिइन । यहाँ  आएपछि आफैले सिक्ने अवसर मिल्यो, श्रीया महत भन्छिन्, ‘पहिले सूत्रहरु घोक्थे, अहिले आपूmले देखेको, आफैले बनाएको चित्रबाट त्यसको विशेषतासँगै धेरै कुरा सम्झिन सजिलो भएको छ ।’ गणित विषय गाह्रो लाग्दैन भन्ने प्रश्नमा विद्यार्थीले थप्छन्– ‘कहिलेकाहीँ अठ्यारो लाग्छ तर आफैले प्रयोग गरेर सिक्ने हुँदा धेरैजसो विषयलाई स्मरण गर्न सजिलो हुन्छ ।’

कसरी बन्यो आर्ट गणित
गणित विषयलाई प्रयोगात्मक बनाउन धेरै समयदेखि चिन्तन गरिँदै आएको छ । तर यहाँ एक शिक्षक हरिनारायण उपाध्यायले ‘आर्ट म्याथ’ पुस्तक प्रकाशन गर्दै विभिन्न विद्यालयका शिक्षकलाई गणितलाई कसरी प्रयोगात्मक बनाउने भनी तालिम समेत प्रदान गर्दै आएका छन् ।

पर्वतको चुवामा २०१३ जेठ २३ गते जन्मेका हरिनारायणले पृथ्वीनारायण क्याम्पस पोखराबाट गणित विषयमा स्नातक तह अध्ययन गर्दा एउटा नौलो अवसर पाए । स्वीस प्रोजेक्ट साटामा स्वीजरल्याण्डका रिचार्ड डुब्ली र आयरल्याण्डका एलेन मकेलेनीले पढाउँदा उनी कक्षाकोठामा सहभागी भए । त्यस कक्षामा प्रयोगात्मक शैलीबाट गणित पढाइएको थियो ।

‘२०३३ सालमा गणित पढाउन म कक्षाकोठामा गएँ । मैले पढाएको विषय विद्यार्थीले बुझेनन्, त्यस क्षणमा मलाई रुन मन लाग्यो’, शिक्षक उपाध्यायले सुनाए । यसरी आफू शिक्षक भएर कक्षाकोठामा जाँदा निराश हुनु परेको त्यो दिन अनि विदेशी शिक्षकले आपूmलाई पढाउँदाको त्यो रमाइलो क्षण तुलना गरेँ, उनले भने ।   यसपछि गणितलाई प्रयोगात्मक तरीकाले पढाउनुपर्छ भन्ने धारणा विकास भयो । निरन्तर खोज र चिन्तनको परिणामस्वरूप शिक्षक उपाध्यायले ‘म्यार्थ आर्र्ट’ विषय लेखे । जसलाई कान्तिपुर एजुकेशनल डिभलप्मेन्ट काउन्सिलले प्रकाशन ग¥यो ।

उनले ०६२ सालपछि नै गणितका प्रयोगात्मक सामाग्री निर्माण गरी प्रर्दशन गरे । अहिले आपूmले सञ्चालन गरेको विद्यालयमा हरेक वर्ष गणित विषयका सामाग्रीको प्रर्दशन गर्छन् ।  ‘गणितका सबै विषयको प्रयोगात्मक धारणा बनाउन लागि परेको छु । गणितको एउटा टावर निर्माण गर्ने र शिक्षाप्रेमी सबैलाई एक बनाएर एउटा बृहत् शैक्षिक केन्द्र निर्माण गर्ने मेरो सपना छ’, उनले भने ।

प्रकाशित: ७ असार २०७६ ०३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App